Connect IPS
IME Life

छात्रबृत्ति नदिने ३४२ निजी विद्यालयको सूचि सार्वजनिक, जेठ २८ भित्र प्रदान नगरे अनुमति रद्ध हुने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । काठमाडौं महानगरपालिकाले छात्रबृत्ति प्रदान नगर्ने ३४२ निजि विद्यालयको सूचि सार्वजनिक गरेको छ । काठमाडौं महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ को परिच्छेद १० मा छात्रवृत्ति तथा निःशुल्क शिक्षा सम्बन्धी व्यवस्था भएपनि उक्त विद्यालयहरुले छात्रवृत्ति वितरण नगरेपछि महानगरले सूचि सार्वजनिक गरेको हो ।

महानगरले जेठ १५ भित्र छात्रबृत्ति वितरण गरि सोको जानकारी जेठ १६ गते कार्यालय समयभित्र महानगरको शिक्षा विभागमा सूचि पठाउन आग्रह गरेको थियो । तर ३४२ निजि विद्यालयले भने महानगरको उक्त आग्रहलाई वेवास्ता गर्दै छात्रवृत्ति प्रदान नगरेको र विवरण पेश नगरेपछि जेठ २८ भित्र छात्रबृत्ति प्रदान गर्न निर्देशन दिइएको छ ।

Prabhu
Crest

महानगरले तोकेको समयभित्र विवरण पेश नगरेको खण्डमा काठमाडौं महानगरपालिका शिक्षा ऐन,२०७५ को दफा ५६ को उपदफा ४ बमोजिम विद्यालयलाई प्रदान गरिएको अनुमति वा स्वीकृति रद्ध वा यस ऐन वा अन्य प्रचलित कानुन बमोजिम हदैसम्मको कारबाहि गर्ने जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS