IME Life New

छात्रबृत्ति नदिने ३४२ निजी विद्यालयको सूचि सार्वजनिक, जेठ २८ भित्र प्रदान नगरे अनुमति रद्ध हुने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । काठमाडौं महानगरपालिकाले छात्रबृत्ति प्रदान नगर्ने ३४२ निजि विद्यालयको सूचि सार्वजनिक गरेको छ । काठमाडौं महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ को परिच्छेद १० मा छात्रवृत्ति तथा निःशुल्क शिक्षा सम्बन्धी व्यवस्था भएपनि उक्त विद्यालयहरुले छात्रवृत्ति वितरण नगरेपछि महानगरले सूचि सार्वजनिक गरेको हो ।

महानगरले जेठ १५ भित्र छात्रबृत्ति वितरण गरि सोको जानकारी जेठ १६ गते कार्यालय समयभित्र महानगरको शिक्षा विभागमा सूचि पठाउन आग्रह गरेको थियो । तर ३४२ निजि विद्यालयले भने महानगरको उक्त आग्रहलाई वेवास्ता गर्दै छात्रवृत्ति प्रदान नगरेको र विवरण पेश नगरेपछि जेठ २८ भित्र छात्रबृत्ति प्रदान गर्न निर्देशन दिइएको छ ।

Esewa
Crest

महानगरले तोकेको समयभित्र विवरण पेश नगरेको खण्डमा काठमाडौं महानगरपालिका शिक्षा ऐन,२०७५ को दफा ५६ को उपदफा ४ बमोजिम विद्यालयलाई प्रदान गरिएको अनुमति वा स्वीकृति रद्ध वा यस ऐन वा अन्य प्रचलित कानुन बमोजिम हदैसम्मको कारबाहि गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS