IME Life New

‘एशियाली बीमा सम्मेलन’मा विज्ञहरुबाट यी विषयमा हुनेछन् प्रस्तुती

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणले आयोजना गर्न लागेको एशिया बीमा सम्मेलनमा बीमा क्षेत्रका विज्ञहरुबीच बीमा क्षेत्रकाे उदयीमान चुनाैतीहरुको समाधान सम्बन्धमा विज्ञहरुबीच छलफल र अनुभव आदान प्रदान हुनेछ। सम्मेलनका माध्यमबाट नेपालकाे बीमा नियामक र बीमकहरुले अन्तर्राष्ट्रिय रुपमा नेपालकाे बीमा नियमन र बीमा व्यवसाय सम्बन्धमा जानकारी प्रवाह गर्ने अवसर समेत प्राप्त गर्नेछन् ।

प्राधिकरणले एशियाली विकास बै‌ंक, एक्सेस टु इन्स्याेरेन्स इनिसिएटिभ, इन्टरनेशनल एशोशिएसन अफ इन्स्याेरेन्स सुपरभाइजरको सहयोगमा कार्यक्रम आयोजना गर्न लागेकाे हाे ।

Esewa
Crest

जेठ २५ गतेदेखि लगातार ३ दिनसम्म होटल याक एण्ड यतिमा आयोजना हुने तीन दिने सम्मेलनमा पहिलो दिनको सम्मेलनमा बीमा नियामकहरुको मात्र सहभागीता हुनेछ। पहिलाे दिन उद्घाटन शत्रमा प्राधिकरणको निर्देशक पूजन ढुंगेलले नेपालको बीमा क्षेत्र र नियामकीय कानूनी रुपरेखा सम्बन्धमा प्रस्तुती दिनेछिन् । पहिलो शत्रमा जोखिममा आधारित वित्तीय दायीत्व निर्धारण अवधारणा सम्बन्धमा इन्टरनेशनल एशोशिएसन अफ इन्स्याेरेन्स सुपरभाइजर स‌ंस्थाको कार्यान्वयन प्रमुख म्यानुएला जुइमुवेलाले प्रस्तुती दिनेछिन् । दाेश्राे शत्रमा जोखिम आधारित पूँजी रुपरेखासम्बन्धमा एक्सेस टु इन्स्याेरेन्स इनिसिएटिभको पास्काल लैम्ब, मुबतसिरी मुकोमेले स‌ंयुक्तरूपमा प्रस्तुती दिनेछन् ।

तेश्राे शत्रमा युनाइटेड नेशन क्यापिटल डेभलपमेण्ट फण्डका कृष्णन नरसि‌ंह र एक्सेस टु इन्स्याेरेन्स इनिसिएटिभको पास्काल लैम्बको बीमामा डिजिटल नवप्रवर्तन विषयमा प्रस्तुती दिने कार्यक्रम रहेकाे छ। चौथाे शत्रमा बीमा बजारको विकासका लागी नियामकको क्षमता अभिवृद्धि सम्बन्धमा खुला छलफल हुनेछ।

यसैगरी दाेश्राे दिनदेखि निम्तालु सबैलाई सम्मेलनमा सहभागी गराइनेछ। दाेश्राे दिनको पहिलो शत्रमा जलवायू जोखिम बीमामा नियामकको भूमीका, दाेश्राे शत्रमा जलवायू परिवर्तनको अवसर छोप्न बीमक र पुनर्बीमकको भूमिका विषयक प्रस्तुती हिमालयन रि इन्स्याेरेन्सका प्रमुख कार्यकारी अधिकृत चन्द्र शेखरण रामामुर्थी , तेश्राे शत्रमा भूकम्प बीमामा एशियाली अनुभव सम्बन्धमा नेपाल बीमक स‌ंघका अध्यक्ष चंकी क्षेत्रि समेतको प्रस्तुती रहनेछ। र चौथाे शत्रमा भारतीय कृषि बीमा कम्पनीका पूर्व अध्यक्ष मलय कुमार पाेद्दारले कृषि बीमा विकास र अभ्यास विषयक प्रस्तुती दिने कार्यक्रम रहेकाे छ।

तेश्राे र अन्तिम दिनको पहिलो शत्रमा जीवन बीमा व्यवसायको अभ्यास अवसर र चुनाैती विषयमा जीवन बीमक स‌ंघ नेपालका अध्यक्ष पाेषक राज पौडेलकाे प्रस्तुती रहनेछ। दोश्राे शत्रमा ल‌ैंगिक विभाजन टुल किटको उपादेयता, तेश्राे शत्रमा जोखिम आधारित नियमाकीय रुपरेखाको महत्वपूर्ण पाटो र केन्द्रित हुनुपर्ने पक्ष तथा जोखिममा आधारित नियामकीय रुपरेखामा नेपालको पहल विषयक प्रस्तुती रहने आयोजक नेपाल बीमा प्राधिकरणले जानकारी दिएको छ।

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

67%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

33%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS