IME Life New

भारतीय ग्रामीण क्षेत्रमा बीमा विस्तारका लागी ‘बीमा वाहक’ अवधारणा लागू गरिंदै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डौ । भारतीय बीमा नियामकले बीमामा पहुँच वृद्धिको महत्वका‌ंक्षी पञ्चवर्षिय योजनाको लक्ष्य भेट्टाउनका लागी बीमा वाहकको अवधारणा अघि सारेको छ। विशेषगरी ग्रामीण क्षेत्रमा बीमाबारे जनचेतना अभिवृद्धि गर्ने,बीमालेख बिक्री गर्ने, बीमा दाबी लगायतका सम्पूर्ण सेवामा सर्वसाधारणकाे सहज पहुँच स्थापित गर्ने उद्देश्यले बीमा वाहकको अवधारणा अघि सारेकाे हो ।

प्रस्तावित मस्यौदामा बीमासँग सम्बन्धित सेवा प्रवाह गर्ने वितरक वा मध्यस्थकर्ताकाे रुपमा प्रवाह गर्ने व्यक्ति वा स‌ंस्थालाई बीमा वाहकको नाम दिइएको छ। ग्रामीण इलाकासम्म फैलिएको वितरण स‌ञ्जाल, स्थानीय आवश्यकता बुझ्ने र  बीमालेखको वितरण र बीमा सेवाका लागि स्थानीयको विश्वास जित्न सक्ने महिलालाई बीमा वाहकको रुपमा प्रोत्साहन गर्ने दायीत्व बीमा वाहक व्यवस्थापन गर्ने स‌ंस्थाको हुनेछ ।

Esewa
Crest

यसैगरी मस्यौदामा बीमा वाहकको नियुक्ति र संलग्नता, क्षेत्र चयन, शैक्षिक योग्यता र तालिमको मापदण्ड, आचार संहिता, परिचालन मापदण्ड, विद्युतीय उपकरणहरूको प्रयोग, खुद्रा बिक्री केन्द्रको स्थापना, प्रविधिको प्रयोग, बीमितको गोपनियता लगायतका नियम समावेश छन्। तथ्यांक,  कमिशन भुक्तानी, परिचालन र अनुपालन, र बीमा वाहक मार्फत माग गरिएका बीमालेखको व्यवस्थापनकाे सम्बन्धमा पनि प्रस्तावित मस्याैदामा उल्लेख छ।

भारतीय बीमा नियामकले आगामी सम्ममा भारतीय कूल गार्हस्थ उत्पादनमा बीमा क्षेत्रकाे याेगदान हालको ४.२ प्रतिशतबाट सन् २०२७ सम्ममा १० प्रतिशत पुर्याउने लक्ष्य सहित नीतिगत सुधारहरु शुरु गरेकाे छ। यसैगरी सन् २०४७ सम्ममा बीमामा सबैको सहभागीता सुनिश्चित गर्ने उद्देश्यले नीतिगत सुधार र सूचना प्रविधिको व्यापक प्रयाेगलाई समेत उच्च प्राथमिकता दिएको छ।

भारतीय बीमा नियामक तथा विकास प्राधिकरणका अध्यक्ष देवाशिस पाण्डाले जिम्मेवारी सम्हालेयता ७० वटा नियमावली खारेज गरिएका छन् भने एक हजारभन्दा बढी परिपत्र फिर्ता लिएर ७९ वटा नयाँ नियमावली जारी गरिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS