IME Life New

बीमा कम्पनीहरुले पुनर्बीमा नीति लागु गर्नु पर्ने, आर्थिक वर्ष सुरु हुनुभन्दा अगाडी नै स्वीकृति चाहिने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बीमा कम्पनीहरुले पुनर्बीमा नीति लागु गर्नु पर्ने भएको छ । कम्पनीहरुले प्रत्ये आर्थिक वर्षको लागि तोकिएको व्यवस्थाहरु समावेश गरी पुनर्बीमा नीति तयार गरी प्रत्येक आर्थिक वर्ष समाप्त हुनु अगावै सञ्चालक समितिबाट पारित गरी लागु पर्नु पर्नेछ ।

बीमा कम्पनीहरुले नेटवर्थ, पुनर्बीमा जोखिमांकन, जोखिम खुद धारण क्षमता तथा समग्र वित्तीय क्षमता बमोजिम उपयुक्त पुनर्बीमा नीति तयार गरी लागु गर्नुपर्ने बीमा प्राधिकरणले जनाएको छ । पुनर्बीमा नीति तयार गर्दा कम्तिमा पनि १० वटा विषयवस्तुहरुलाई समेट्नु पर्नेछ । यस्तो नीति बनाउदा पुनर्बीमाको प्रकार, पुनर्बीमक अगुवा छनौटको आधार र अगुवाले धारण गर्ने अधिकतम अंश खुलाउनु पर्नेछ ।

Esewa
Crest

कम्पनीहरुले पुनर्बीमा दलाल छनौटका आधार सुरुमै तय गर्नु पर्छ । प्रत्येक पुनर्बीमा अन्तर्गत अधिकतम पुनर्बीमा रक्षावरण, बीमकको नेट वर्थ, पुनर्बीमाको रेटिङ, बीमकको महाविपत्ती समबन्धी व्यवस्था, पुनर्बीमा व्यवस्था अनुगमनका लागि अपनाउने आन्तरिक नियन्त्रण प्रणाली र अन्य आवश्यक विषयहरु खुलाउनु पर्नेछ ।

कम्पनीहरुले तयार पारेको पुनर्बीमा नीतिमा आर्थिक वर्षको मध्यावधिमा छुट्टै व्यवस्था वा संशोधन अनुसार पुनर्बीमा सम्झौता गर्नुपर्ने भएमा सोको जानकारी प्राधिकरणमा दिनु पर्नेछ । नेपाल भित्र प्रधान कार्यालय नरहेको विदेशी बीमकको हकमा नेपाल स्थित कार्यालयले नै तोकिएको व्यवस्थाहरु समावेश गरी आफै व्यवस्थापन समुहबाटै नीति बनाएर पारित गर्न सक्ने छन् ।

जोखिमाङ्कन नीतिमा परिमार्जन गर्नु परेमा, बीमकको वित्तीय अवस्था प्रतिकुल हुँदै गएमा, पुनर्बीमकको स्तर घटेमा वा अन्य प्रतिकुल अवस्था देखिएमा बीमकको आफ्नो पुनर्बीमा व्यवस्था तत्काल पुनरावलोकन गरी आवश्यक अनुरुप परिमार्जन गर्नु पर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS