IME Life New
GBIME

निर्जीवन बीमा कम्पनीको शेयरमा जोखिम तथा प्रतिफलको अवस्था, मन्जु थापाको लेख

SPIL
Global College
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । निर्जीवन बीमा व्यवसाय गर्न कानून बमोजिम ईजाजत पाएको कम्पनी नै निर्जीवन बीमा कम्पनी हो । वि. सं  २००४  मा स्थापना भएको नेपाल माल चलानी तथा बीमा कम्पनी लिमिटेड नेपालको पहिलो निर्जीवन बीमा कम्पनी हो । जुन वि. सं  २०४८ नेपाल ईस्योरेन्स कम्पनी लिमिटेडमा परिणत भयो ।  यस अघि नेपालमा केही भारतिय बीमा कम्पनीहरु बीमा गर्दै आएका थिए । नेपालमा हाल १५ निर्जीवन बीमा कम्पनीहरु रहेका छन् । बीमा नियमनकारी निकायले निर्जीवन बीमा कम्पनीले २।५ अर्ब चुक्ता पुजी पुर्याउनु पर्ने बाध्यात्मक व्यवस्था गरेको  छ ।

कुनै पनि कम्पनीले जारी गरेको स्वमित्वको सानो अंशलाई शेयर भनिन्छ । कुनै पनि कम्पनीको शेयरमा लगानी गर्ने लगानीकर्तालाई कम्पनीको स्वामित्वको अंश प्राप्त हुन्छ । शेयरमा लगानी गर्ने लगानीकर्ताको प्रतिफल निश्चत नहुने हुनाले शेयरमा गरिने लगानी जोखिमपूर्ण हुन्छ । कम्पनीले आर्जन गर्ने नाफाको घटबढ भए अनुसार शेयरको प्रतिफल पनि घटबढ हुन्छ । त्यसै गरि कम्पनीले नाफा आर्जन गर्दैमा साधारण शेयरवालाहरुलाई लाभांश दिनै पर्ने बाध्यात्मक व्यवस्था छैन । तसर्थ बढी प्रतिफल प्राप्त गर्न बढी जोखिम पनि उठाउन तयार हुने लगानीकर्ताका लागि मात्र साधारण शेयर जस्तो धितोपत्रको औजार उपयुक्त मानिन्छ । नेपालमा हालको प्रचलित ब्यवस्था अनुसार साधारण शेयरको अंकित मूल्य साधारणत रु. १०० रहेको छ ।  कुनै पनि कारणले कम्पनी खारेजीमा गएको अवस्थामा साधारण शेयरवालाहरुको दायित्व उनीहरुले लगानी गरेको रकमसम्म सिमित हुन्छ  । हाल १२ वटा निर्जीवन बीमा कम्पनीहरुले सर्वसाधारणका लागि शेयर निश्कासित गरी नेपाल स्टक एक्सचेन्ज सुचिकरण भएका छन् ।

Crest

तालिका नं. १

सर्वसाधारणका लागि शेयर निस्कासन गरेका निर्जीवन बीमा कम्पनीहरुको विवरण

SNName of Insurer Symbol Paid Up capital Number of Share Outstanding Market Price (24 May 2023)Market Capitalization
1Nepal Insurance Co. Ltd.NICL1,494,765,50014,947,6556109,118,069,550
2Rastriya Beema Company LimitedRBCL266,636,5002,666,36514,80139,464,868,365
3Himalayan Everest Insurance LimitedHEI2,301,535,10023,015,35149411,369,583,394
4United Insurance Co. (Nepal) Ltd.UIC1,079,568,00010,795,6804885,268,291,840
5Siddhartha Premier Insurance LimitedSPIL2,806,549,90028,065,49964418,074,181,356
6Neco Insurance LimitedNIL2,012,360,70020,123,60779015,897,649,530
7Prabhu Insurance Ltd.PRIN1,376,122,30013,761,2235177,114,552,291
8Sagarmatha Lumbini Insurance Co. LimitedSALICO2,622,638,20026,226,38266017,309,412,120
9Shikhar Insurance Co. Ltd.SICL2,654,947,20026,549,47276020,177,598,720
10NLG Insurance Company Ltd.NLG1,459,275,80014,592,7596699,762,555,771
11Ajod Insurance LimitedAIL1,000,000,00010,000,0004514,510,000,000
12Snima GIC Insurance LimitedSGIC2,000,000,00020,000,0004809,600,000,000
 Total   21,074,399,200210,743,993 167,666,762,937

तालिका नं. १ अनुसार १३ जेठ २०८० सम्म १२ वटा निर्जीवन बीमा कम्पनीको २१,०७,४३,९९३ वटा शेयर नेपाल स्टक एक्सचेन्जमा सुचिकृत भएका छन् जसको चुक्ता पुजी रु २१ अर्ब ७ करोड ४३ लाख ९९ हजार २ सय रहेको छ भने बजार पुजीकरण रु १ खर्ब ६७ अर्ब ६६ करोड ६७ लाख ६३ हजार ९३७ सय रहेको छ ।

तालिका नं.  २

निर्जीवन बीमा कम्पनीको शेयरमा  विगत १० वर्षको प्रतिफलको अवस्था

SNSymbol69/7070/7171/7272/7373/7474/7575/7676/7777/7878/79Average
1SIC42.115.792523.1621.0586011.58Merge

 

28.09
2SICL2021.0525.2663.1626.320029.23016.8420.19
3PIC01431.0221.0530.5384011.05Merge

 

23.96
4SIL010.522531.5810.5215.48015.79Merge

 

13.61
5NLG21.0521.0521.0526.32007.3710.5310.5310.5312.84
6NIL013.3815.7921.0513.5212.638.1616.3215.7915.7913.24
7LGIL10.5210.5313.219.141508.5410Merge

 

10.87
8PICL801021.0521.05008.42Merge

 

8.57
9HGI010.2521.521.054.5207.756.75Merge

 

8.98
10NICL09.4705107.57.891011.588.426.99
11EIC0002020.21008.42Merge

 

6.08
12PRIN001200016.3210.5311.587.055.75
13UIC0020000005.265.263.05
14IGI0000056.317.37Merge

 

2.34
15RBCL00000000000.00
16HEI72.94.95
17SPIL151515.00
18AIL000.00
 Industry Average           10.25

तालिका नं.  २ अनुसार निर्जीवन बीमा कम्पनीहरुको विगत १० वर्षको औषत प्रतिफल  (नगद तथा बोनस शेयर) १०.२५ प्रतिशत रहेको छ । विगत १० वर्षको औषत प्रतिफल हेर्दा सबै भन्दा बढि  SIC को २८.०९ प्रतिशत रहेक छ भने सबै भन्दा कम RBCL र AIL  को सुन्य प्रतिशत रहेको छ । त्यसै गरी विगत १० वर्षको औषत प्रतिफल  १०.२५ प्रतिशत (नगद तथा बोनस शेयर)  भन्दा बढी ८ वटा निर्जीवन बीमा कम्पनीको रहेको छ  भने औषत प्रतिफल  (नगद तथा बोनस शेयर)  भन्दा कम १० वटा निर्जीवन बीमा कम्पनीको रहेको छ ।  त्यसै गरी १० वर्षको औषत प्रतिफल  (नगद तथा बोनस शेयर) २० प्रतिशत भन्दा बढी दिने कम्पनीहरु ३ वटा रहेका छन् भने औषत प्रतिफल  (नगद तथा बोनस शेयर) ५ प्रतिशत भन्दा कम दिने कम्पनिहरु ५ वटा रहेका छन् ।

कुनै पनि लगानी गर्दा लगानीकर्ताले प्रतिफलको साथसाथै उक्त प्रतिफलमा रहेको जोखिमको समेत विष्लेषण गर्नु पर्ने हुन्छ । सामान्यतया प्रतिफलमा रहेको जोखिमलाई Standard Deviation ( S.D.) तथा Coefficient of Variance (C.V.) ले मापन गरिन्छ । Standard Deviation ( S.D.) ले औषत वा अपेक्षित प्रतिफल भन्दा फरक प्रतिफल हुने जोखिमलाई मापन गर्छ भने प्रतिफलको प्रति इकाइमा रहेको जोखिमलाई Coefficient of Variance (C.V.) ले मापन गर्दछ । जीवन बीमा कम्पनीहरुको प्रतिफलमा रहेको जोखिमको अवस्था देहाय बमोजिम रहेको छ ।

तालिका नं.३

जीवन बीमा कम्पनीहरुको प्रतिफलमा रहेको जोखिमको अवस्था

SNSNSymbol69/7070/7171/7272/7373/7474/7575/7676/7777/7878/79AverageSTDCV
13PIC01431.0221.0530.5384011.05Merge

 

23.9625.301.06
21SIC42.115.792523.1621.0586011.58Merge

 

28.0924.610.88
32SICL2021.0525.2663.1626.320029.23016.8420.1917.960.89
44SIL010.522531.5810.5215.48015.79Merge

 

13.6110.310.76
55NLG21.0521.0521.0526.32007.3710.5310.5310.5312.848.720.68
611EIC0002020.21008.42Merge

 

6.088.541.41
78PICL801021.0521.05008.42Merge

 

8.578.170.95
89HGI010.2521.521.054.5207.756.75Merge

 

8.987.840.87
912PRIN001200016.3210.5311.587.055.756.121.06
1013UIC0020000005.265.263.056.021.97
116NIL013.3815.7921.0513.5212.638.1616.3215.7915.7913.245.400.41
127LGIL10.5210.5313.219.141508.5410Merge

 

10.875.190.48
1310NICL09.4705107.57.891011.588.426.993.870.55
1414IGI0000056.317.37Merge

 

2.343.281.41
1516HEI72.94.952.050.41
1615RBCL00000000000.000Error
1717SPIL151515.000Error
1818AIL000.000Error
  Industry Average

 

          7.970.92

तालिका नं.३ मा उल्लेख भएअनुसार निर्जीवन बीमा कम्पनीहरुको विगत १० वर्षको औषत प्रतिफलमा सबै भन्दा बढी  Coefficient of Variance (C.V.)  UIC को १.९७ रहेको छ भने सबै भन्दा कम Coefficient of Variance (C.V.) NIL र HIE को  रहेको छ  जुन UIC को भन्दा करिब ५ गुणा कम ०.४१  रहेको छ । निर्जीवन बीमा कम्पनीहरुको विगत १० वर्षको प्रतिफलमा औषत Coefficient of Variance (C.V.)  ०.९२ रहेको छ । सो औषत Coefficient of Variance (C.V.)  भन्दा बढी ६ वटा कम्पनीहरुको  Coefficient of Variance (C.V.)   रहेको छ भने ९ वटा कम्पनीहरुको Coefficient of Variance (C.V.) औषत भन्दा कम रहेको छ ।  त्यसै गरी ५ वटा कम्पनीको प्रतिफलको Coefficient of Variance (C.V.) १ भन्दा बढी रहेको छ । जसलाई प्रतिफलको तुलना निकै जोखिम रहेको मानिन्छ ।

तालिका नं.४

निर्जीवन बीमा कम्पनीहरुको शेयरमा रहेको जोखिम तथा प्रतिफलको तुलनात्मक विश्लेषण

SNSymbolAverage ReturnReturn Ranking STDCVCV rankingRanking Difference ( C.V. rank -Return Rank)
1SPIL15.004.000Error  
2RBCL0.0017.000Error  
3AIL0.0018.000Error  
4UIC3.0515.006.021.971-14.00
5IGI2.3416.003.281.412-14.00
6EIC6.0812.008.541.413-9.00
7PRIN5.7513.006.121.064-9.00
8PIC23.962.0025.301.0653.00
9PICL8.5710.008.170.956-4.00
10SICL20.193.0017.960.8974.00
11SIC28.091.0024.610.8887.00
12HGI8.989.007.840.8790.00
13SIL13.615.0010.310.76105.00
14NLG12.847.008.720.68114.00
15NICL6.9911.003.870.55121.00
16LGIL10.878.005.190.48135.00
17HEI4.9514.002.050.41140.00
18NIL13.246.005.400.41159.00

सामान्यतया उच्च प्रतिफल रहेको लगानीका साधनमा उच्च जोखिम हुन्छ तथा न्युन प्रतिफल रहेको लगानीका साधनमा न्युन जोखिम हुन्छ  भन्ने लगानीको सिद्धान्त रहेको हुन्छ  । तर नेपाली निर्जीवन बीमा कम्पनीहरुको शेयर बजारमा औषत प्रतिफल कम तर तुलनात्मक रुपमा बढी जोखिम भएको शेयर रहेका देखियो । त्यसैगरी तुलनात्मक रुपमा जोखिम कम तर औषत प्रतिफल वढी तर भएको शेयर समेत रहेको देखियो । माथिको तालिकामा Coefficient of Variance (C.V.)  तथा औषत प्रतिफलको Ranking Difference सकारात्मक हुने बीमा कम्पनीको शेयरमा जोखिम तुलनामा औषत प्रतिफल वढी भएका शेयर हुन् भने Coefficient of Variance (C.V.)  तथा औषत प्रतिफलको Ranking difference ऋणात्मक हुने बीमा कम्पनीको शेयरमा औषत प्रतिफल कम र तुलनात्मक रुपमा जोखिम बढी भएका शेयर हुन् ।  तथ्याङ्क अनुसार औषत प्रतिफलको तुलनामा जोखिम सबै भन्दा कम NIL को शेयरमा रहेको भेटियो भने औषत प्रतिफलको तुलनामा जोखिम सबै भन्दा वढी  UIC र IGI को शेयरमा रहेको भेटियो ।

निष्कर्ष

निर्जीवन बीमा कम्पनीहरुको शेयरको विगत १० वर्षको औषत प्रतिफल  (नगद तथा बोनस शेयर) १०.२५ प्रतिशत रहेको देखियो । शेयरको प्रतिफल हेर्दा सबै भन्दा बढि SIC को शेयरमा तथा सबै भन्दा कम RBCL र AIL  को शेयरमा रहेको भेटियो । त्यसैगरी निर्जीवन बीमा कम्पनीको शेयरको विगत १० वर्षको प्रतिफलमा औषत Coefficient of Variance (C.V.)  ०.९२ रहेको देखियो । निर्जीवन बीमा कम्पनीहरुको विगत १० वर्षको औषत प्रतिफलमा सबै भन्दा बढी  Coefficient of Variance (C.V.)  UIC को रहेको भेटियो भने सबै भन्दा कम Coefficient of Variance (C.V.) NIL र HIE  को शेयरको प्रतिफलमा भेटियो ।  केही निर्जीवन बीमा कम्पनीको शेयर बजारमा औषत प्रतिफल कम तर तुलनात्मक रुपमा बढी जोखिम भएको शेयर रहेका देखियो । त्यसैगरी केहो कम्पनीको शेयरमा तुलनात्मक रुपमा जोखिम कम तर औषत प्रतिफल वढी भएको समेत देखियो ।  अधिकतम् नाफा आर्जन गर्न लगानीकर्ताले Ranking Difference ऋणात्मक हुने शेयरमा लगानी गर्नु भन्दा Ranking Difference सुन्य र सकारात्मक हुने कम्पनीको शेयरमा लगानी गर्नु विवेकशिल निर्णय हुन्छ ।

(मन्जु थापा नेपाल पुनर्बीमा कम्पनीको मुख्य प्रबन्धक पदमा कार्यरत छिन् । प्रस्तुत लेख लेखकको व्यक्तिगत बिचार हो यसले कुनै संस्थाको प्रतिनिधित्व गर्दैन ।)

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

20%

खुसी

0%

दु :खी

20%

अचम्मित

0%

उत्साहित

60%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS