IME Life New

बीमा प्राधिकरणको निर्देशनमा गार्डियन माइक्रो लाइफले स्थगित गर्यो विशेष साधारणसभा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले आफ्नो विशेष साधारणसभा स्थगित गरेको छ।

वार्षिक साधारणसभा सकिएको केही दिन नबित्दै गार्डियन माइक्रो लाइफले विशेष साधारणसभा डाकेको थियो। सभाबाट हाल कायम चुक्तापुँजीको १ः१ अनुपातमा अर्थात १०० प्रतिशत हकप्रद शेयर जारी गर्ने अजेन्डा पारित गर्ने योजनामा कम्पनी रहेको थियो।

Esewa
Crest

कम्पनीले हकप्रद शेयर जारी गर्न लागेको र त्यसका लागि विशेष साधारणसभा डाकिएको भन्ने विषयमा नियामक निकाय नेपाल बीमा प्राधिकरणसँग पूर्वस्वीकृति लिएकै थिएन। त्यसपछि गत गत चैत २८ गते बीमा प्राधिकरणले ३ दिनभित्र चित्तबुझ्दो स्पष्टीकरण पठाउन कम्पनीलाई निर्देशन दिएको थियो।

त्यसो त हकप्रद शेयरको प्रलोभन देखाएर शेयर बजारमा चलखेल गरेर कम्पनीका शेयरभाउ ह्वात्तै बढाएको भन्दै चौतर्फी आवाज पनि उठेको थियो। प्रारम्भिक कारोबार प्रतिकित्ता ३०१ रुपैयाँबाट सुरु भएको कम्पनीको शेयरभाउ आज प्रतिकित्ता २ हजार ५११ रुपैयाँ कायम भएको छ।

कम्पनीबाट चित्तोबुझ्दो जबाफ नपाएपछि बीमा प्राधिकरणले गार्डियन माइक्रो लाइफलाई वैशाख २ गते विशेष साधारणसभा स्थगित गर्न निर्देशन दिएको थियो। सोही निर्देशनबमोजिम कम्पनी सञ्चालक समितिको आज वैशाख ३ गते बसेको बैठकले विशेष साधारणसभा स्थगित गरेको छ।

कम्पनीले विशेष साधारणसभा वैशाख ५ गते डाकेको थियो। यसका लागि कम्पनीले गत चैत २८ गते बुक क्लोज गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS