IME Life New

झनै चुलियो बैंकहरुको खराब कर्जा, कसको कति ? (सूचीसहित)

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । वाणिज्य बैंकहरुको खराब कर्जा झनै चुलिएको छ। खराब कर्जा चुलिँदा बैंकहरुको वित्तीय स्वास्थ्यमा दबाब सिर्जना भएको छ। अर्कोतर्फ कर्जा असुली सोचेजस्तो हुन नसक्दा बैंकमा गैरबैंकिङ सम्पत्ति पनि थुप्रिँदै गएको छ।

बैंकहरुले सार्वजनिक चालु आर्थिक वर्षको तेस्रो त्रैमास (साउन–चैत)सम्मको वित्तीय विवरणअनुसार २० वटा वाणिज्य बैंकहरुको औसत खराब कर्जा (एनपीएल) बढेर ४.४३ प्रतिशत पुगेको छ। अघिल्लो वर्ष औसत खराब कर्जा ३.३४ प्रतिशत थियो। अघिल्लो वर्षको तुलनामा बैंकहरुको खराब कर्जा १ प्रतिशत बढीको विन्दुले बढेको छ।

Esewa
Crest

अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा १८ वटा बैंकको खराब कर्जा बढेको छ भने दुईवटाको घटेको छ। बैंकहरुको खराब कर्जा ८ प्रतिशत नजिकसम्म पुगेको छ। हिमालयन बैंकको खराब कर्जा ७.६८ प्रतिशत पुगेको हो। अघिल्लो वर्ष यही अवधिसम्म हिमालयन बैंकको खराब कर्जा ४.९६ प्रतिशत थियो।

दोस्रो धेरै कुमारी बैंकको खराब कर्जा ६.९८ प्रतिशत देखिएको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकको खराब कर्जा ४.९५ प्रतिशत थियो।

उच्च खराब कर्जाका हिसाबले कर्जा लक्ष्मी सनराइज बैंक तेस्रो स्थानमा छ। अघिल्लो वर्ष चैतसम्म ५.४९ प्रतिशत रहेकोमा समीक्षा अवधिसम्म बढेर ५.८६ प्रतिशत पुगेको छ।

चैतसम्म ५ प्रतिशतभन्दा बढी ८ प्रतिशतसम्मको हाराहारीमा खराब कर्जा हुने ८ वटा बैंक छन् भने ३ प्रतिशतभन्दा माथि ६ प्रतिशतसम्मको हाराहारीमा ८ वटा बैंक छन्।

सबैभन्दा कम खराब कर्जा एभरेष्ट बैंकको रहेको छ। यो बैंकको ०.६४ प्रतिशत मात्र खराब कर्जा रहेको छ।

दोस्रो धेरै कम खराब कर्जा स्ट्यान्डर्ड चार्टर्ड बैंकको रहेको छ। यो बैंकको खराब कर्जा १.४४ प्रतिशत रहेको छ। एभरेष्ट र स्ट्यान्डर्ड चार्टर्ड बैंकले अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा खराब कर्जा घटाएका छन्।

नबिल बैंक र नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको खराब कर्जा भने डेढ प्रतिशतभन्दा माथि रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS