IME Life New

चैतमा शेयर बजारबाट सरकारले उठायो सवा ६९ करोड बढी राजस्व, कसले कति तिरे ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजारबाट सरकारले चैतमा सवा ६९ करोड रुपैयाँ बढी राजस्व संकलन गरेको छ।

सीडीएससीबाट प्राप्त तथ्यांकअनुसार सरकारले शेयर बजारबाट चैतमा ६९ करोड ३५ लाख रुपैयाँ पुँजीगत लाभकरबापत राजस्व संकलन गरेको हो। यो संकलित राजस्वमा अल्पकालीन लगानीकर्ताले तिरेको पुँजीगत लाभकरको हिस्सा धेरै देखिएको छ। अल्पकालीन लगानीकर्ताले चैतमा ४१ करोड ११ लाख ५९ हजार रुपैयाँ पुँजीगत लाभकर बुझाएका छन्।

Esewa
Crest

यसैगरी दोस्रो धेरै पुँजीगत लाभकर बुझाउनेमा दीर्घकालीन लगानीकर्ता रहेका छन्। दीर्घकालीन लगानीकर्ताले चैतमा २१ करोड ६ लाख ७३ हजार रुपैयाँ पुँजीगत लाभकर बुझाएका छन्।

नियामकीय प्रावधानअनुसार शेयर बजारमा अल्पकालीन लगानीकर्ताले नाफा ७.५ प्रतिशत र दीर्घकालीन लगानीकर्ताले ५ प्रतिशत पुँजीगत लाभकर बुझाउनुपर्छ।

त्यस्तै चैतमा संस्थागत लगानीकर्ताले ७ करोड ९ लाख ४५ हजार रुपैयाँ र स्टक डिलरहरुले ८ लाख १ हजार रुपैयाँ पुँजीगत लाभकर बुझाएका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS