IME Life New

निर्यात व्यापारमा आशालाग्दो सुधार, नाै महिनामै रू २० अर्बको इभी आयात

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । चालु आर्थिक वर्ष  २०८१।८२ को पहिलो नाै महिनाको अवधिमा नेपालको निर्यात व्यापारमा आशालाग्दो सुधार देखिएको छ। भन्सार विभागले प्रकाशन गरेको तथ्यांक अनुसार तेश्रो त्रैमासको अन्त्यसम्ममा निर्यात व्यापार गत आर्थिक वर्ष २०८०।८१ को सोही अवधिको तुलनामा ६६ प्रतिशतले बढेको छ।

गत आर्थिक वर्षको सोही अवधिमा १ खर्ब १३ अर्ब रूपैयाँ बराबरको माल सामान निर्यात भएकोमा चालू आर्थिक वर्षको पहिलो नौ महिनामा १ खर्ब ८८ अर्बरूपैयाँ बराबरको निकासी भइसकेको छ।

Esewa
Crest

निर्यातसँगै आयात पनि उल्लेख्यरूपमा बढेको छ। भन्सार विभागका अनुसार, समिक्षा अवधिमा गत आर्थिक वर्षको तुलनामा १ खर्ब ५० अर्ब रूपैयाँले  आयात बढेको छ। चैत्र मसान्तसम्ममा कुल आयात मूल्य रु १३ खर्ब ९ अर्ब पुगेको छ, जुन गत आर्थिक वर्षको सोही अवधिमा ११ अर्ब ६७ अर्ब रूपैयाँ थियो।

भन्सार विभागको तथ्याङ्क अनुसार नेपालको कुल वैदेशिक व्यापार १६.८९ प्रतिशतले बढेको छ। गत वर्ष कुल व्यापार रु १२ खर्ब ८१ अर्ब रहेको थियो, जुन अहिले रु १४ खर्ब ९७ अर्ब रूपैयाँ पुगेको छ।

नेपालको प्रमुख अायातमध्ये पेट्रोलियम पदार्थमा आधारित उत्पादनहरू शीर्ष स्थानमा छन्। गत वर्ष यी उत्पादनहरूको अायात ७४ अर्ब २८ करोड रुपैयाँ बराबरको भएको थियो। नेपालले १० अर्ब ७४ करोड अर्ब रुपैयाँको चिया र कफीसँग सम्बन्धि उत्पादनहरू, ७ अर्ब १६ करोड रुपैयाँको काठका उत्पादनहरू, १० अर्ब रुपैयाँको फलाम र स्टील र ९ अर्ब ३० करोड रुपैयाँको कार्पेट निर्यात गरेको छ।

यसैबिच नेपालले नाै महिनाको अवधिमा झण्डै २० अर्ब रुपैयाँको विद्युतीय सवारी साधन आयात गरेको छ। भन्सार विभागको तथ्याङ्क अनुसार, यस अवधिमा कुल २०,८९६ विद्युतीय सवारी साधन आयात गरिएको छ, जसले देशको भन्सार राजस्वमा ११ अर्ब ९२ करोड रुपैयाँ योगदान गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS