IME Life New
GBIME

बीमा दोकानको ‘दोस्रो इन्स्योरेन्स कप फुट्सल टुर्नामेन्ट २०८२’ सम्पन्न

SPIL
Global College
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बीमा दोकान प्रालिले नयाँ वर्ष २०८२ सालको उपलक्ष्यमा आयोजना गरेको अन्तर बीमा कम्पनी फुटसल प्रतियोगिता (दोस्रो इन्स्योरेन्स कप फुटसल टुर्नामेन्ट २०८२) भव्यताका साथ सम्पन्न गरेको छ । बीमा दोकानले सो प्रतियोगिता हिजो वैशाख ७ गते र आज ८ गते सञ्चालन गरेको हो ।

उक्त फुटसल टुर्नामेन्टमा जीवन बीमा, निर्जीवन बीमा, माइक्रो बीमा र पुनर्बीमा कम्पनि गरी ११ वटा कम्पनीहरूको सहभागिता रहेको थियो। पहिलो दिन लिग र नक आउट गरेर १० वटा खेल भएको थियो भने ३ वटा कम्पनी नकआउट मार्फत बाहिरिएका थिए।

Crest

त्यस्तै, दोस्रो दिन आज बैशाख ८ गतेको खेलमा क्वाटर फाईनलमा ८ वटा कम्पनीहरूले खेल खेलेका थिए । जसमध्ये फाईनल खेलमा हिमालयन लाइफ र हिमालयन एभरेष्ट कम्पनी पुगेका थिए ।

खेलको सुरूआतको पहिलो दिन एन्फाका महासचिब किरण राई चिफ गेस्टको रुपमा रहेका थिए । उनीबाट नै खेलको उद्घाटन गरिएको थियो।

त्यसैगरी खेलको दोस्रो दिन आज नेपाल बीमा प्राधिकरणका बीमालेख महाशाखा निर्देशक निर्मल अधिकारी चिफ गेस्टको रुपमा रहेका थिए । उनले प्रतियोगितामा विजयी भएकाहरुलाई सर्टिफिकेट, सिल्ड, ट्रफि र नगद पुरस्कारहरू गरेका थिए ।

तियोगितामा यस सिजनको दोस्रो स्थान ओगट्दै हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीले रनरअपको उपाधि जितेको छ । उक्त जितसॅंगै मेडल, सिल्ड र १५ हजार नगद जित्न सफल भएको छ।

यो सिजनको प्रथम स्थान हासिल गर्न हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनी सफल भएको छ । कम्पनीले मेडल, सिल्ड र ३५ हजार रुपैयाँ नगद जित्न सफल भएको छ।

सबै बीमा कम्पनीहरुमा आपसी सम्बन्ध प्रगाढ होस भन्ने उद्देश्यका साथ बीमा दोकानले यस प्रतियोगिता आयोजना गरेको हो । स्वास्थ्यका लागि खेल र बीमाका लागि सहकार्य” भन्ने मुल नाराका साथ यस प्रतियोगिता आयोजना गरेको कम्पनीले जनाएको छ ।

 

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

33%

खुसी

0%

दु :खी

33%

अचम्मित

33%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS