IME Life New

सानिमा रिलायन्स लाइफको मनहरी शाखा कार्यालय विस्तार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मनहरी शाखा विस्तार गरी संचालनमा ल्याएको छ । उक्त नयाँ शाखाको उद्धघाटन मकवानपुर उद्योग वाणिज्य संघ पश्चिम क्षेत्र समिति मनहरीका सभापति गणेश मान मानन्धर, कार्यवाहक वडा अध्यक्ष नवराज सुवेदी, कम्पनीका चिफ बिजनेश अफिसर सुर्य प्रकाश गुप्ता र क्षेत्रीय प्रबन्धक मदन बहादुर गाहाले संयुक्त रुपमा गरेका हुन् ।

Esewa
Crest

उक्त नयाँ शाखा कार्यालयको शाखा प्रमुखको जिम्मेवारी अनु लामालाई प्रदान गरेको कम्पनीले जनाएको छ । शाखा उद्धघाटन कार्यक्रम एरिया प्रबन्धक सुर्य गिरीले संचालन गरेका थिए ।

कार्यक्रममा मकवानपुर उद्योग वाणिज्य संघ पश्चिम क्षेत्र समिति मनहरीका सभापति गणेशमान मानन्धतर, कार्यवाहक वडाध्यक्ष मनहरी–७ का नवराजी सुवेदी, हिमालयन लाइफ इन्स्योरेन्स मनहरी शाखा प्रमुख रुपक घिमिरे र एनआइसी एशिया बैंकका प्रशान्त सुवेदीले शुभकामना व्यक्त गरेका थिए ।

शाखा उद्धघाटन कार्यक्रममा वडाध्यक्ष नवराज सुवेदी, कम्पनीका चिफ बिजनेश अफिसर सुर्य प्रकाश गुप्ता, मकवानपुर उद्योग वाणिज्य संघ पश्चिम क्षेत्र समिति मनहरीका सभापति मानन्धर, एनएलजी इन्स्योरेन्स, मनहरी शाखाका प्रमुख सन्तोष सुवेदी, क्षेत्रीय प्रबन्धक, नारायणगढ क्षेत्र मदन बहादुर गाहा, एरिया प्रबन्धक सुर्य गिरी, टाँडी शाखाका एमडीआरटी कल्पना विष्ट, चिफ एजेन्सी म्यानेजर देवराज रुम्वा, एनआइसी एशिया बैंक मनहरीका प्रशान्त सुवेदी, हिमालयन लाइफ इन्स्योरेन्स मनहरी शाखाका प्रमुख रुपक घिमिरे, इलाका प्रहरी कार्यालय मनहरीका मान बहादुर कुमाल लगायत कम्पनीका कर्मचारीहरुको उपस्थिति रहेको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS