IME Life New

रिलायबल नेपाल लाइफ गण्डकी प्रदेशको आयोजनामा बृहत बीमा जागरण कार्यक्रम सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको गण्डकी प्रदेशको आयोजनामा बृहत बीमा जागरण कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रम मनोज गजुरेलको साथमा पोखराको न्यूरोड स्थित सिटी स्क्वाएरको सभा हलमा समापन भएको हो ।

कार्यक्रमको प्रमुख अतिथि रहेका रिलायबल नेपाल लाइफ इन्स्योरेन्सका मुख्य प्रबन्धक शैलेन्द्र श्रेष्ठले पानसमा बत्ती बालेर उक्त कार्यक्रमको उद्धघाटन गरेका थिए ।

Esewa
Crest

औपचारिक रुपमा आयोजना गरिएको सो कार्यक्रमको अध्यक्षता रिलायबल नेपाल लाइफ इन्स्योरेन्स गण्डकी प्रदेश प्रमुख सरोज अधिकरीले गरेका थिए । साथै उनले सम्पूर्ण सहभागिहरुलाई स्वागत गर्दै यस्ता कार्यक्रमहरुले ब्यवसाय प्रबर्द्धनमा उल्लेख्य उत्प्रेरणा जगाउने कुरामा दुइमत नरहेको पनि बताए ।

सोही क्रममा मुख्य प्रबन्धक शैलेन्द्र श्रेष्ठले रिलायबल नेपाल लाइफले हासिल गरेका उपलब्धी तथा विभिन्न गतिबिधिहरुका बारेमा जानकारी दिए । कार्यक्रमका बिशेष अथितिको भुमिका निर्वाह गरेका बरिष्ठ हास्यकलाकार मनोज गजुरेलले बहु (प्रतिभाद्वारा सहभागीहरुलाई भरपुर मनोरञ्जन दिनुका साथै रिलायबल जीवन बीमा सम्बन्धि जानकारी दिदा कार्यक्रम हल तालीले गुन्जयमान भएको थियो।

करिब ३५० जनाको उपस्थिति रहेको उक्त कार्यक्रममा रिलायबलका ट्रीपल एमडीआरटि मीन बहादुर गुरुङ तथा सिनिएर एजेन्सी मेनेजर एसिएन रोका मगरले आ आफ्नो ब्यवसाय सफलताका अनुभवहरु प्रस्तुत गरेका थिए । विविध प्रतिभा प्रस्फुटन गर्ने क्रममा अभिकर्ता ध्रुब बिपस्वीले पनि आफ्नो गजलद्वारा सहभागीहरुलाई थप मनोरञ्जन दिएका थिए ।

करिब ३ घण्टा सम्म निरन्तर चलेको कार्यक्रमको संचालन रिलायबल नेपाल लाइफ इन्स्योरेन्स पोखरा शाखा प्रमुख सूर्य सुमन थापाले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

80%
happy

खुसी

0%
sad

दु :खी

20%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS