IME Life New

एलआइसी नेपालको बीमा अभिकर्ता प्रशिक्षण तथा उत्प्रेरणा कार्यक्रम भव्य रुपमा सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । पेशागत बीमा अभिकर्ता संघ(बीमक समिति एलआइसी नेपाल)ले आयोजना गरेको बीमा अभिकर्ता प्रशिक्षण तथा उत्प्रेरणा कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ । उक्त तालिम आज जेठ ५ गते शनिवार ग्रिन लिंक पुतलिसडकमा सम्पन्न भएको हो । उक्त तालिम कार्यक्रममा कम्पनीका पुर्व सिइओ एलपी दास, नवनियुक्त सिइओ प्रणय कुमार, पेशागत बीमा अभिकर्ता संघका अध्यक्ष केदारनाथ अधिकारी, उपत्यकाभित्रका दुई शाखाका ब्रान्च म्यानेजर लगायत १२० जनाभन्दा बढी अभिकर्ताहरुको उपस्थिती रहेको थियो ।

उक्त कार्यक्रम भव्य रुपमा सम्पन्न भएको थियो । कार्यक्रममा एलआइसी नेपालका पुर्व सिइओ एलपी दासले थोरै बीमा गरे पनि दिर्धकालीन रुपमा बीमा गर्नुपर्ने बताएका छन् । उनले भने एलआईसी नेपालले उत्कृष्ट बीमा सेवा प्रदान गर्दै आइरहेको छ । आगामी दिनमा पनि कम्पनीले यस्तै सेवा दिनेमा विश्वस्त रहेको छु । उनले भने ब्यापार भनेको सानो सानोबाट नै शुरु गर्ने हो ।

यस कार्यक्रममा प्रथम बीमा शुल्क र नम्बर अफ पोलिसीको आधारमा उत्कृष्ट अभिकर्ता तथा एजेन्सी म्यानेजरलाई सम्मान गरिएको थियो । एलआइसी नेपाल ललितपुर ब्रान्चका ब्रान्च म्यानेजर घनश्याम बुढाथोकीले पनि प्रथम बीमा शुल्कको आधारमा सम्मान पाएका थिए ।

Esewa
Crest

पेशागत बीमा अभिकर्ता संघका अध्यक्ष केदारनाथ अधिकारीले बीमा कसरी गर्ने, बीमा बुझाउँदा मानिसहरुलाई कस्तो कस्तो विषय उठान गरी विषयत रुपमा जानकारी गराउने, बीमाका फाइदा, बेफाइदा, बीमा गर्नका लागि कस्तो कुराहरुलाई प्राथामिकतामा राखेर ग्राहकहरुलाई बुझाउने, बीमा कम्पनीका पोलिसीहरु लगायत समग्र बीमाको विषयमा उत्प्रेरणात्मक विषयबस्तुमा प्रस्तुती दिएका थिए ।

कार्यक्रममा एलआइसी नेपालका सिइओ प्रणय कुमारले समग्र कम्पनीको अवस्थाको बारेमा जानकारी दिए । उनले भने अघिल्लो महिनाको तुलनामा यस महिना कम्पनीको व्यवसाय २ सय प्रतिशतले बृद्धि गर्न सफल भएको छ । बीमा कम्पनीहरुमध्यै कै उत्कृष्ट सेवा दिइरहेको यस कम्पनीले आगामी दिनहरुमा पनि अझै उत्कृष्ट सेवा दिने बताएका छन् । उनले भने ग्राहरुको चाहाना अनुरुप नयाँ नयाँ पोलिसी बजारमा ल्याई उत्कृष्ट सेवा प्रवाह गर्न यस कम्पनी तत्पर रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

50%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS