IME Life New

भारतमा बीमा कम्पनीका कर्मचारीलाई फेसबुककाे प्रयाेगमा अंकुश

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डाै‌ । भारतीय बीमा नियामक आइआरडिएआइले बीमा कम्पनीका कर्मचारीहरुलाई सामाजिक संजालमा जथाभावी जानकारीहरू सार्वजनिक गर्नका लागी राेक लगाउन निर्देशन दिएकाे छ। केही समययता बीमा कम्पनी सम्बन्धी संवेदनशील र अपुष्ट तथ्यांक र जानकारीहरू सामाजिक संजालकाे माध्यमबाट सार्वजनिक गर्ने प्रवृत्ती बढ्दै गएपछि नियामकले चासाे देखाउँदै यस्ताे निर्देशन दिएकाे हाे ।

आइआरडिएआइले सूचना तथा साइबर सुरक्षा निर्देशिका २०२३ मा आधारित रहेर कर्मचारीहरुका लागी सामाजिक संजाल(फेसबुक, ट्वीटर, इन्स्टाग्राम, ह्वाट्स एप, भाइबर, युट्यूब लगायत) प्रयाेग सम्बन्धी नीति बनाएर अनिवार्य लागू गर्न समेत निर्देशन दिएकाे छ।

Esewa
Crest

बीमककाे संस्थागत संचार समूहबाट प्रशिक्षण लिएका कर्मचारीबाहेक अन्य कसैले पनि सामाजिक संजालमा कम्पनीकाे व्यापार व्यवसाय सम्बन्धमा कुनै पनि जानकारी सार्वजनिक गर्ने कार्यमा राेक लगाउन समेत निर्देशनमा भनिएकाे छ।

जथाभावी स‌ंवेदनशील सूचना तथा जानकारीहरू सार्वजनिक गर्दा कम्पनीकाे साइबर सुरक्षा जाेखिममा परेकाे तथा जनमानसमा अपुष्ट सूचना प्रवाहले भ्रम सिर्जना गरेकाे भन्दै नियामकले यस्ताे कदम चालेकाे हाे ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

75%
happy

खुसी

0%
sad

दु :खी

25%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS