Connect IPS
IME Life

साविक सूर्या लाइफका सिइओ पवन कुमार खड्काको वार्षिक तलब सुविधा ७६ लाख ८४ हजार

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । साविक सूर्या लाइफका प्रमुख कार्यकारी अधिकृत पवन कुमार खड्काले सूर्या लाइफबाट वार्षिक ७६ लाख ८४ हजार रुपैयाँ बराबरको तलब भत्ता लगायतको सुविधा लिएका छन् । उनले गत आर्थिक वर्ष २०७८/७९ मा वार्षिक तलब भत्ता बापत ७३ लाख १५ हजार रुपैयाँ बुझेका छन् ।

उनले यस बाहेक तीन लाख ५० हजार रुपैयाँ इन्सेन्टिभ र दुर्घटना बीमा बापत १८ लाख ८८२ रुपैयाँ प्रिमियम प्राप्त गरेका छन् । मर्जर सँगै खड्का सूर्यज्योति लाइफको वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत भएका छन् । उनले साविक सूर्या लाइफमा खाइपाइ आएको तलब सुविधा प्राप्त गर्ने छन् ।

Prabhu
Crest

साविक सूर्या लाइफका सञ्चालकहरुले बैठक भत्ता बापत गत आर्थिक वर्षमा २२ लाख २६ हजार रुपैयाँ बुझेका छन् । त्यस्तै मासिक भत्ता बापत ८ लाख ४० हजार रुपैयाँ लिएका छन् । लेखापरीक्षक तथा अन्य समितिलाई बैठक भत्ता बापत १३ लाख ५९ हजार रुपैयाँ र मर्जर समितिलाई २ लाख ८८ हजार रुपैयाँ भुक्तानी गरिएको छ । प्रवन्धक तथा सो भन्दा माथिका अन्य पदाधिकारीहरुलाई पारिश्रमिक, भत्ता तथा अन्य सुविधा बापत २ करोड ९६ लाख ४३ हजार ९४२ रुपैयाँ भुक्तानी गरिएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

40%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

60%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS