IME Life New

सूर्यज्योति लाइफको १५औं वार्षिक साधारण सभा सम्पन्न, ६ संचालक निर्विरोध निर्वाचित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको १५औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त सभा होटल हैरिसन प्यालेस विराटगरमा सम्पन्न भएको कम्पनीले जनाएको छ । सभाले कम्पनीको संस्थापक शेयर तथा सर्वसाधारण शेयरको अनुपात बमोजिम सञ्चालक समितिमा प्रतिनिधित्व हुने गरी सञ्चालक समितिको गठन सम्बन्धमा कम्पनीको नियमावलीको नियम ३१ मा आवश्यक संशोधन गर्ने प्रस्ताव पारित गरेको छ ।

सभाले सञ्चालक समितिमा संस्थापक शेयरधनी समुह ‘क’ बाट प्रतिनिधित्व गर्ने ३ जना सञ्चालक र सर्वसाधारण शेयरधनी समूह ‘ख’ बाट प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकहरुको निर्वाचन समेत सम्पन्न गरेको छ । संस्थापक शेयरधनी समुह ‘क’ बाट केशव प्रसाद भट्टराई, नन्द किशोर शर्मा तथा विवेक झा निर्वाचित भएका छन् भने सर्वसाधारण शेयरधनी समूह ‘ख’ बाट हेमन्त नाहटा, आकाश गोल्छा तथा प्रिया तायल निर्वाचित भएका छन् ।
सभाले कम्पनीको प्रवन्धपत्र नियमावलीको संशोधनमा सम्बन्धित निकायहरुबाट कुनै संशोधन फेरबदल तथा थपघट गर्न कुनै सुझाव निर्देशन प्राप्त भएकोमा सोहि बमोजिम आवश्यक संशोधन फेरबदल गर्न सञ्चालक समितिलाई पुर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गरेको छ । सभाले कम्पनी ऐनको दफा १०५ (१) (ग) बमोजिम आर्थिक वर्ष २०७८/७९ मा साविक सूर्या लाइफ तथा साविक ज्योति लाइफबाट संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत भएका खर्चको अनुमोदन गर्ने प्रस्ताव पारित गरेको छ ।

Esewa
Crest

सभाले कम्पनीको सञ्चालक समितिका सदस्यहरु तथा अन्य समिति उपसमितिका सदश्यहरुले प्राप्त गर्ने बैठक भत्ता तथा अन्य सुविधा परिमार्जन गर्ने प्रस्ताव समेत पारित गरेको छ । सभाले कम्पनीको पन्ध्रौं वार्षिक साधारणसभामा संचालक समितिको तर्फबाट अध्यक्षबाट प्रस्तुत हुने आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गरेको छ ।

साविक सूर्या लाइफको लेखापरीक्षकको प्रतिवेदन सहितको २०७९ असार मसान्तको वासलात, सोहि मितिमा समाप्त भएको आर्थिक वर्ष २०७८/७९ को नाफा नोक्सान, नगद प्रवाह विवरण एवं तत् सम्बन्धी अनुसूचीहरु माथि छलफल गरि पारित गरेको छ ।

त्यस्तै साविक ज्योति लाइफको लेखापरीक्षकको प्रतिवेदन सहितको २०७९ साल असार मसातको वासलात, सोहि मितिमा समाप्त भएको आर्थिक वर्ष २०७८/७९ को नाफारनोक्सान, नगद प्रवाह विवरण एवं तत् सम्बन्धी अनुसूचीहरु माथि छलफल गरि पारित गरेको छ ।

सभाले लेखापरीक्षण समितिको सिफारिस बमोजिम आर्थिक वर्ष २०७९/८० को लागि लेखापरीक्षक नियुक्ति गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरेको छ ।

कम्पनीले चालु आर्थिक बर्ष २०७९/०८० को चैत्र मसान्तसम्म देशभरिका आफ्ना १८१ शाखा सञ्जालमा रहेका ८६९२६ अभिकर्ताहरु मार्फत ३७६७४६ बीमालेखबाट प्रथम बीमा शुल्क रु.१,८९,६५,२१,५५८ तथा नविकरण बीमा शुल्क रु.४,३०,४८,६३,९६४ गरी कुल रु.६,२०,१३,८५,५२२ आर्जन गर्नुका साथै कुल जीवन बीमा कोष रु.२५,३६,९२,८०,१५५ कुल लगानी रु.२७,८४,८४,३९,०२२ कुल दावी भुक्तानी रु.२,८८,६५,६४,०४३ गरेको जनाएको छ ।

उक्त सभामा कम्पनीका सञ्चालकज्यूहरु, शेयरधनीहरु, प्रमुख कार्यकारी अधिकृत, वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत व्यवस्थापनका पदाधिकारी लगायतका व्यक्तित्वहरुको उपस्थिती रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

63%
happy

खुसी

0%
sad

दु :खी

25%
amazed

अचम्मित

0%
excited

उत्साहित

13%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS