Connect IPS
IME Life

हिमालयन लाइफको प्रस्तावित सिइओ कर्णको मासिक तलब १५ लाख, स्वीकृति आउन बाँकी

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीले मनोजलाल कर्णलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्ति गर्नका लागि बीमा प्राधिकरणमा स्वीकृतिका लागि पेश गरेको छ । प्राधिकरणमा कर्णको फाइल स्कृतिका लागि पेश भएको छ ।

कम्पनीले कर्णको मासिक तलब १५ लाख रुपैयाँ प्रस्ताव गरेको छ । साविक यूनियन लाइफमा हुँदा उनको वार्षिक तलब सुविधा ८२ लाख रुपैयाँ भन्दा माथि थियो । अहिले उनको तलब सुविधा दोब्बर भन्दा धेरैले बढाइएको छ ।

Prabhu
Crest

साविक यूनियन, प्राइम र गुराँस लाइफ मर्जर भएर बैशाख २६ गतेदखि एकिकृत कारोबारको शुभारम्भ गरेका थिए । तीन कम्पनी एक भए सँगै प्रमुख कार्यकारी अधिकृतको तलब पनि तीन गुणाले बढाउन खोजिएको हो ।

कम्पनीले तलब सुविधा सहित नियुक्तिका लागि दिएको आवेदन प्राधिकरणले अध्ययन गरिरहेको छ । स्वीकृति हुँदा उनको तलब सुविधा घट्न पनि सक्नेछ । प्राधिकरणले उनको तलब आधा घटाउन सक्ने एक अधिकारीले जानकारी दिए ।

मर्जर पछि कम्पनीको प्रमुख कार्यकारी अधिकृतले अनुमति नपाउदा आधिकारिक रुपमा काम कारबाही गर्न पाइरहेका छैनन् । संयुक्त मर्जर कमिटीले कर्णलाई नियुक्ति गरे सके पछि नियामक बीमा प्राधिकरणबाट पनि स्वीकृति लिनु पर्ने भएकाले कर्णले हिमालयन लाइफमा आधिकारिक रुपमा कार्यकाल सुरु गर्न नपाएका हुन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

8%

खुसी

14%

दु :खी

28%

अचम्मित

0%

उत्साहित

50%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS