Connect IPS
IME Life

सानिमा रिलायन्स लाइफ र नेपाल कृषि सहकारीबीच म्यादी बीमाबारे सम्झौता

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल कृषि सहकारी केन्द्रिय संघ लि र सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स लि बीच बीमा सम्वन्धी सम्झौता भएको छ । सम्झौता अन्तर्गत देशभर रहेको नेपाल कृषि सहकारी केन्द्रियको सदस्यता प्राप्त कृषि तथा साना किसान कृषि सहकारी संस्थाहरुका विपन्न तथा साना किसान सदस्यहरुलाई म्यादी जीवन बीमा सेवा प्रदान गर्ने योजना रहेको छ । म्यादी बीमा एक प्रकारको लागत प्रभावी जीवन बीमा योजना हो, यस योजना अन्तर्गत बीमीतको मृत्यु भएमा बीमाङ्क बरावर रकम प्रदान गरिने छ ।

संघले आफ्नो स्थापनाकालदेखि नै ग्रामीण गरिबी न्यूनिकरण र समोबेशीकरणका लागि आफनो सदस्यहरुको क्षमता बृद्धि गरि असल अभ्यासका साथ समाजिक पुँजिको विकास गर्न उत्पे्ररणा गर्ने नेतृत्वदायी भूमिका निर्वाह गरिरहेको छ । संघले विवध कार्यक्रम मार्फत आफनो सदस्य संस्थाहरुलाई कृषि उत्पादन तथा उत्पादकत्वमा बृद्धि गर्न, व्यवसायिक योजना तथा रणनीतिक योजना बनाउन सहयोग पुयाई गैर वित्तीय सेवा उपलब्ध गराउँदै आएको छ । हाल यस संघबाट नेपालको ७७ जिल्लामा १२ सय भन्दा बढी संस्थाहरुमा आवद्ध १२ लाख भन्दा बढी साना किसान परिवारहरूले सेवा लिई रहेका छन् ।

Prabhu
Crest

सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स लि, साविक रिलायन्स लाईफ इन्स्योरेन्स लि र साविक सानिमा लाईफ इन्स्योरेन्स लि एक आपसमा गाभिएर, प्रचलित नियम तथा कानून वमोजिम सम्वन्धीत नियमनकारी निकायवाट बीमा व्यवसाय संचालन गर्न अनुमति प्राप्त गरि बिमा व्यवसाय प्रदान र्गदै आईरेहेको संस्था हो । विगत ५ वर्ष देखि संस्थाले बीमा क्षेत्रमा समय सान्दि«र्भक तथा नयाँ कुरा प्रतिपादन गरी प्रदान गर्ने उद्देश्य सहित आफ्नो लक्षित ग्राहक वर्गहरुमा सेवा प्रदान गरिरहेको छ । संस्थाले हाल विवध योजना मार्फत देशभर रहेको आफनो १७५ शाखा सञ्जाल मार्फत १० लाख भन्दा बढि ग्राहक समक्ष आफनो सेवा प्रदान गर्दै आईरहेको छ ।

यस योजना मार्फत देशभर छरिएर रहेका विपन्न तथा साना किसान सदस्यहरुलाई बीमाको परिधिभित्र समावेश गर्न कोशेढुङ्गा सावित हुने विश्वास गरिएको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

60%

खुसी

0%

दु :खी

20%

अचम्मित

0%

उत्साहित

20%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS