Connect IPS
IME Life

महालक्ष्मी लाइफको वित्तीय विवरण स्वीकृत, मर्जरको विशेष प्रस्ताव सहित साधारणसभा आह्वान गर्दै

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल बीमा प्राधिकरणले महालक्ष्मी लाइफको वित्तीय विवरण स्वीकृत गरेको छ । कम्पनीको आर्थिक वर्ष २०७७/७८ को लेखापरीक्षण प्रतिवेदन स्वीकृत भएसँगै साधारणसभा गर्ने बाटो खुला भएको छ । प्रभु लाइफसँग मर्जरको सहमति गरेको महालक्ष्मी लाइफले आगामी वार्षिक साधारणसभाबाट अन्तिम स्वीकृति लिनेछ ।

प्राधिकरणले प्रभु र महालक्ष्मी लाइफको भ्यालुएसन एकै पटक स्वीकृत गरेको थियो । प्रभुले पनि वित्तीय विवरण तयार पारेर स्वीकृतिका लागि प्राधिकरणमा पेश गरिसकेको छ । केहि दिन भित्रै प्रभुको पनि वित्तीय विवरण स्वीकृत हुने अवस्थामा रहेको प्राधिकरणले जनाएको छ ।

Prabhu
Crest

दुबैले एकै दिन मर्जरको विशेष प्रस्ताव सहित वार्षिक साधारणसभा आह्वान गर्नेछन् । प्रभुले चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरिसकेको छ । लाभांश वितरण पछि प्रभुको चुक्ता पूँजी २ अर्ब २० करोड पुग्नेछ । त्यस्तै महालक्ष्मी लाइफको चुक्ता पूँजी २ अर्ब १० करोड रुपैयाँ रहेको छ । मर्जर पश्चात कम्पनीको चुक्ता पूँजी चार अर्ब ३० करोड पुग्नेछ ।

संस्थापक र सर्वसाधारणको शेयर स्वामित्व ७०:३० प्रतिशतको अनुपात कायम गर्ने एफपिओ ल्याउनु पर्ने हुन्छ । एफपिओ पश्चात कम्पनीको चुक्ता पूँजी सजिलै ५ अर्ब नाघ्नेछ । प्राधिकरणले भ्यालुएसन स्वीकृत गर्दा नै यहि असार भित्रमा मर्जर सम्पन्न गर्नु पर्ने सर्त राखेकाले पनि दुई कम्पनी मर्जरको दाववमा छन् । महालक्ष्मी लाइफले प्रिमियममा आइपिओ निष्काशन गरेर मात्रै मर्जरमा जाने तयारी भएकोमा प्राधिकरणले नै असार भित्र मर्जर प्रकृयाँ टुङ्गो लगाउन निर्देशन दिइसकेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS