Connect IPS
IME Life

एशियन लाइफको नाफामा सामान्य बृद्धि, जीवन बीमा कोषको आकार ३६ अर्ब ५४ करोडमाथि

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । एशियन लाइफले आर्थिक वर्ष २०७८/ ८० को तेस्रो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा सामान्य बृद्धि भएको छ भने खुद बीमा शुल्क आर्जन समान्य घटेको छ ।

२ अर्ब ९० करोड रुपैयाँ चुक्ता पूँजी भएको कम्पनीको जगेडा कोषमा ४९ करोड ७७ लाख रुपैयाँ संचिती रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको जगेडा कोषमा ४२ करोड ८२ लाख रुपैयाँ संचिती रहेको थियो । यस अवधिसम्ममा कम्पनीको जीवन बीमा कोषमा ३६ अर्ब ५४ करोड ६३ लाख ८० हजार रुपैयाँ रहेको छ । गत वर्ष कम्पनीको जीवन बीमा कोषमा ३० अर्ब ९८ करोड ७६ लाख ४२ हजार रुपैयाँ थियो ।

Prabhu
Crest

त्यस्तै, कम्पनीको महाविपत्ती कोषमा १७ करोड १८ लाख रुपैयाँ रहेको छ । यस अवधिमा कम्पनीले १९ करोड ४७ लाख २२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १८ करोड ४० लाख ५४ हजार रुपैयाँ नाफा कमाएको थियो । गत वर्षको तुलनामा कम्पनीको नाफा ५ प्रतिशतले बढी हो ।

यस अवधिसम्ममा कम्पनीले ५ अर्ब ८ करोड १२ लाख ६६ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ५ अर्ब ११ करोड ४६ लाख १७ हजार रुपैयाँ खुद बीमा शुल्क ार्जन गरेको थियो । गत वर्षको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन ० दशमलव ६५ प्रतिशतले कमी हो ।

यस अवधिमा कम्पनीले १ अर्ब ५४ करोड १६ लाख ७८ हजार रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब १६ करोड ६ लाख ६७ हजार रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो । गत वर्षको तुलनामा कम्पनीले दाबी भुक्तानी बढी तिरेको छ ।

यस अवधिमा कम्पनीको प्रति शेयर आम्दानी ८ रुपैयाँ ९३ पैसा रहेको छ । पिइ अुपात ६८.१० गुणा रहेको छ । प्रति शेयर नेटवर्थ १२३ रुपैयाँ ०३ पैसा रहेको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

75%

खुसी

25%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS