Connect IPS
IME Life

प्रभु लाइफको पहिलो लाभांश घोषणा, बोनस शेयर वितरण पश्चात मर्जरमा जाने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स कम्पनीले पहिलो पटक लाभांश घोषणा गरेको छ । कम्पनीको सोमबार साँझ बसेको सञ्चालक समितिको बैठकले चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र बोनस शेयरमा लाग्ने कर प्रयोजनका लागि ०.५२ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ ।

बैठकले नेपाल बीमा प्राधिकरणमा अघिल्लो आर्थिक वर्ष २०७७/७८ को लेखापरीक्षण स्वीकृतिका लागि पेश गर्नुका साथै लाभांश पनि घोषणा गरेको हो । प्राधिकरणले लेखापरीक्षण प्रतिबेदन हेरेर लाभांश स्वीकृत गर्नेछ । प्राधिकरणले लाभांश स्वीकृत गरे पश्चात यहि जेष्ठ मसान्त भित्र साधारणसभा सम्पन्न गरिसक्नेछ । कम्पनीले साधारणसभाबाट लाभांशका साथै महालक्ष्मी लाइफसँगको मर्जरलाई अन्तिम स्वीकृति प्रदान गर्नेछ ।

Prabhu
Crest

कम्पनीको चुक्ता पूँजी २ अर्ब रुपैयाँ रहेको छ । प्रस्तावित लाभाश वितरण पश्चात कम्पनीको चुक्ता पूँजी २ अर्ब २० करोड पुग्नेछ । महालक्ष्मी लाइफसँग मर्जरको सहमति गरेको कम्पनीले यहि असार भित्र मर्जर टुङ्ग्याउने तयारी गरेको छ । आर्थिक वर्ष २०७७/७८ को साधारणसभा सम्पन्न गर्ने क्रममा मर्जरको विशेष प्रस्तावलाई पनि टुङ्ग्याउनेछ ।

हाल महालक्ष्मी लाइफको चुक्ता पूँजी २ अर्ब १० करोड रुपैयाँ छ । यहि स्थितिमा मर्जरमा गएका खण्डमा मर्जर पश्चात चुक्ता पूँजी ४ अर्ब ३० करोड पुग्नेछ । मर्जर पश्चात बन्ने कम्पनीले ९० लाख कित्ता एफपिओ निष्काशन गर्न पर्नेछ । एफपिओ निष्काशन पश्चात चुक्ता पूँजी ५ अर्ब २० करोड पुग्नेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%

खुसी

14%

दु :खी

21%

अचम्मित

7%

उत्साहित

7%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS