IME Life New

नेशनल लाइफ इन्स्योरेन्सको क्रुज डिनर एट नारायणी रिभर कार्यक्रम सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना अभिकर्ताहरुका लागि २ रात ३ दिनको “क्रुज डिनर एट नारायणी रिभर कार्यक्रम ” सम्पन्न गरेको छ । कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि २०७९ चैत्र महिनामा संचालन गरेको अभिकर्ता मासिक योजना अन्तर्गत लक्ष्य पुरा गर्न सफल अभिकर्ताहरुलाई नेपालको पर्यटकिय क्षेत्र सौराहा भ्रमण गराउने र नारायणी नदिमा संचालन गरिएको नेपालको एक मात्र क्रुजको यात्रा गराउने उदेश्यले कार्यक्रम आयोजना गरिएको हो ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत सहित प्रदेश प्रमुख, विभागिय प्रमुख तथा विभिन्न शाखाका शाखा प्रमुखहरु सहित देशै भरीबाट उत्कृष्ट व्यवसाय गरी योजनामा छनौट हुन सफल हुनुभएका करिब ४०० जना बरिष्ठ अभिकर्ताहरुले कार्यक्रममा सहभागिता जनाएका थिए

Esewa
Crest

साथै, प्रमुख कार्यकारी अधिकृत श्री सुरेश प्रसाद खत्रीज्यूको सभापतित्वमा उत्कृष्ट अभिकर्ताहरुको सम्मान कार्यक्रमको आयोजना समेत गरिएको थियो । सो अवसरमा उपस्थित अभिकर्ताहरुलाई जीवन बीमा व्यवसायमा थप हौसला प्रदान गर्दै अभिकर्ताहरुको व्यवसायिक दक्षता अभिवृद्धि गर्ने उदेश्यले प्रशिक्षक मनोज भट्टराई बाट उत्तप्रेरणा तथा व्यक्तित्व विकास सम्वन्धि प्रशिक्षण प्रदान गरिएकोे थियो ।

प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले अभिकर्ताहरुको अथक परिश्रम र मेहनतका कारण नै कम्पनी सँधै अब्बल रहने भएकाले अभिकर्ता सञ्जाललाई अझ व्यवसायिक बनाउन यथाशक्य थप लगानी गर्ने र कम्पनीलाई अग्रस्थानमा पु¥याउन महत्वपूर्ण भुमिका खेल्ने अभिकर्ता समूहको वृत्ति विकासलाई सँधै प्राथमिकतामा राख्ने उदेश्यले यस्ता कार्यक्रमहरुको आयोजना गरिएको जानकारी गराउँदै योजनामा छनौट भई सम्मानित हुन सफल अभिकर्ताहरुलाई प्रमाण पत्र र मेडल प्रदान गरेका थिए ।

सहभागि अभिकर्ताहरुले नेपालको एक मात्र क्रुजमा यात्रा गर्ने अवसर प्रदान गरेकोमा कम्पनी प्रति आभार व्यक्त गर्दै यस प्रकारको कार्यक्रमबाट मनोरञ्जनका साथै आफ्नो वृत्ति विकासमा समेत योगदान पु¥याउने विश्वास व्यक्त गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

60%
happy

खुसी

0%
sad

दु :खी

20%
amazed

अचम्मित

20%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS