Connect IPS
IME Life

चैत महिनासम्ममा जीवन बीमा कम्पनीहरुको व्यापार १ खर्ब ४ अर्बमाथि हुँदा कुनले कति गरे ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । जीवन बीमा कम्पनीहरुले आर्थिक वर्ष २०७९/ ८० को चैत महिनासम्ममा १ खर्बमाथि कुल बीमा शुल्क आर्जन गरेका छन् । बीमा प्राधिकरणले उपलब्ध गराएको तथ्याङक अनुसार जीवन बीमा कम्पनीहरुले चैत महिनासम्ममा १ करोड ४१ लाख ६५ हजार ९९८ वटा बीमा पोलिसी विक्री गरी कुल १ खर्ब ४ अर्ब ७३ करोड ४८ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् । यस अवधिसम्ममा यी कम्पनीहरुले २१ अर्ब ५२ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेका छन् भने ८३ अर्ब ७२ करोड ९५ लाख रुपैयाँ नविकरण बीमा शुल्क आर्जन गरेका छन् ।

यस अवधिसम्ममा सबैभन्दा धेरै नेपाल लाइफले कुल बीमा शुल्क आर्जन गरेका छन् । यस अवधिसम्म्मा कम्पनीले २७ अर्ब २६ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । दोस्रोमा एलआइसी नेपाल रहेको छ । कम्पनीले १२ अर्ब ९४ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । नेशनल लाइफले ११ अर्ब ३७ करोड रुपैयाँ कुल बीमा शुलक आर्जन गरेको छ ।
त्यसैगरी यस अवधिसम्ममा राष्ट्रिय बीमा संस्थानले ७ अर्ब १० करोड, सूर्यज्योति लाइफले ६ अर्ब २० करोड, यूनियन लाइफले ५ अर्ब ७५ करोड, एशियन लाइफले ५ अर्ब १९ करोड, सिटिजन लाइफले ४ अर्ब १ करोड, मेट लाइफले ३ अर्ब ८७ करोड, प्राइम लाइफले ३ अर्ब ३४ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् ।

Prabhu
Crest

त्यस्तै, आइएमई लाइफले २ अर्ब ९८ करोड, सन नेपाल लाइफले २ अर्ब ८७ करोड, रिलायबल नेपाल लाइफले २ अबए ७४ करोड, गुराँस लाइफले २ अर्ब २४ करोड, रिलायन्स लाइफले २ अर्ब १२ करोड, सानिमा लाइफले १ अर्ब ७० करोड, प्रभु लाइफले १ अर्ब ५५ करोड, महालक्ष्मी लाइफले १ अर्ब १८ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् । सानिमा र रिलायन्स लाइफले एकिकृत कारोबारपछि २४ करोड ७२ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको प्राधिकरणको तथ्याङकले देखाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

67%

खुसी

0%

दु :खी

33%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS