IME Life New

नेपाल लाइफका सञ्चालक गोल्याणको नियुक्ति गैरकानुनी, एउटाको आधारभुत शेयरधनी अर्कोमा सञ्चालक बन्न पाइदैन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका सञ्चालक शक्ति कुमार गोल्याण बीमा ऐन २०७९ को दफा ५० को ‘ङ’ अनुसार अयोग्य देखिएका छन् । कम्पनीले ऐन बिपरित भन्ने थाहा पाउदा पाउदै अटेर गरेर उनलाई सञ्चालक पदमा निरन्तरता दिदै आएको छ ।

बीमा ऐन २०७९ को दाफा ५० (ङ) अनुसार बीमक वा बैंक तथा वित्तीय संस्था वा कुनै पनि प्रकारको निक्षेप संकलन गर्ने संङ्गठित संस्थाको सञ्चालक रहेको वा अन्य कुनै बीमकको संस्थापक समूहको आधारभूत शेयर लिएको बहालवाला सञ्चालक वा कर्मचारी सञ्चालकका लागि अयोग्य हुन्छ ।

Esewa
Crest

नेपाल लाइफका सञ्चालक गोल्याणको एशियन लाइफ इन्स्योरेन्स कम्पनीमा ६.२४ प्रतिशत लगानी रहेको छ । उनि एशियन लाइफका संस्थापक शेयरधनी मात्रै होइनन् सबैभन्दा ठुलो आधारभुत शेयरधनी समेत हुन् ।

गोल्याणको नेपाल लाइफमा ६ लाख ९० हजार २९२ कित्ता शेयर रहेको छ । यो कित्ताका आधारमा उनि नेपाल लाइफको आधारभुत शेयरधनी भित्र पर्दैनन् । तर बीमा ऐनको दफा ५० ‘ङ’ मा स्पष्ट सँगै कुनै एक बीमा कम्पनीको आधारभुत शेयरधनी अर्को कुनै पनि बीमा कम्पनीको सञ्चालक बन्न पाउदैन ।

गोल्याण नेपाल लाइफमा नियुक्त हुँदा यस्तो किसिमको कानुनी व्यवस्था थिएन । गोल्याण २०७८ साल चैत २१ गते सम्पन्न २१ औं वार्षिक साधारणसभाबाट सञ्चालक पदमा निर्वाचित भएका थिए । तत्कालिन समयमा उनको नियुक्ति गैरकानुनी थिएन । तर बीमा ऐन २०७९ गएको कार्तिक २२ गतेदेखि लागु भए सँगै उनको नियुक्त स्वत गैरकानुनी बन्न पुग्यो । जवकी नेपाल लाइफले बीमा ऐन २०७९ लागु भए पछि २०७९ मंसिर ८ गते २२ औं वार्षिक साधारणसभा सम्पन्न गर्यो । यहि साधारणभाबाट ऐनको कार्यान्वयन गर्नुको सट्टा कम्पनीले ऐनलाई नै मिचेर बसिरहेको छ । यसमा नेपाल बीमा प्राधिकरण पनि आखाँ चिम्लिएर बसेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

67%
sad

दु :खी

33%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS