IME Life
Beema Board

भैरहवामा शेयर बजार सम्बन्धि तालिम सम्पन्न

SPIL
NIC ASIA
Sanima Reliance

भैरहवा । वैशाख १६ गते शनिवार भैरहवामा शेयर बजार सम्बन्धि आधारभूत तालिम सम्पन्न भएको छ । आयोजक रो. प्रदीप सापकोटाका अनुसार रोट्रयाक्ट क्लब अफ भैरहवा, रोट्रयाक्ट क्लब अफ सेन्ट्रल लुम्बिनी, रोट्रयाक्ट क्लब अफ सेन्ट्रल सियारी, रोट्रयाक्ट क्लब अफ बुद्ध ल्यान्ड र रोट्रयाक्ट क्लब अफ वेस्टर्न सिटीको संयुक्त रूपमा आयोजना गरिएको तालिममा ३८ जनाको सहभागिता रहेको थियो  ।

भलवारी जेसिज २०२३ अध्यक्ष एवम् नेपाल पूँजी बजार लगानीकर्ता संघ लुम्बिनी प्रदेश संयोजक माधब पाण्डेयले प्रशिक्षण प्रदान गरिएको कार्यक्रमको संचालन रो. निकिता लामगाडे बाट भएको थियो । कार्यक्रममा रो. प्रदिप सापकोटाले युवाहरूको शेयर बजारप्रतिको आकर्षण रहेको हुँदा बजारका आधारभूत कुरा जानेर लगानी गर्न यस तालिम आयोजना गरिएको जानकारी गराएका थिए ।

Prabhu
Crest

कार्यक्रमका अतिथि रोट्रयाक्ट डिस्ट्रिक ३२९२ जोन १८ का ZRR रो. बिरूकुमार गुप्ताले कार्यक्रमको समिक्षा गर्दै बजारका आधारभूत पक्षको जानकारी भएर लगानी गर्दा सुरक्षित लगानी हुने भन्दै आगामी दिनमा पनि यस प्रकारका तालिम उपयुक्त हुने जानकारी गराएका थिए । भैरहवामा यस प्रकारका तालिम थप आवश्यक रहेको भन्दै आयोजक सस्थालाई रो. अर्जुन सिग्देलले धन्यवाद ज्ञापन गरेका थिए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

75%

खुसी

0%

दु :खी

0%

अचम्मित

25%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS