IME Life New

भैरहवामा शेयर बजार सम्बन्धि तालिम सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

भैरहवा । वैशाख १६ गते शनिवार भैरहवामा शेयर बजार सम्बन्धि आधारभूत तालिम सम्पन्न भएको छ । आयोजक रो. प्रदीप सापकोटाका अनुसार रोट्रयाक्ट क्लब अफ भैरहवा, रोट्रयाक्ट क्लब अफ सेन्ट्रल लुम्बिनी, रोट्रयाक्ट क्लब अफ सेन्ट्रल सियारी, रोट्रयाक्ट क्लब अफ बुद्ध ल्यान्ड र रोट्रयाक्ट क्लब अफ वेस्टर्न सिटीको संयुक्त रूपमा आयोजना गरिएको तालिममा ३८ जनाको सहभागिता रहेको थियो  ।

भलवारी जेसिज २०२३ अध्यक्ष एवम् नेपाल पूँजी बजार लगानीकर्ता संघ लुम्बिनी प्रदेश संयोजक माधब पाण्डेयले प्रशिक्षण प्रदान गरिएको कार्यक्रमको संचालन रो. निकिता लामगाडे बाट भएको थियो । कार्यक्रममा रो. प्रदिप सापकोटाले युवाहरूको शेयर बजारप्रतिको आकर्षण रहेको हुँदा बजारका आधारभूत कुरा जानेर लगानी गर्न यस तालिम आयोजना गरिएको जानकारी गराएका थिए ।

Esewa
Crest

कार्यक्रमका अतिथि रोट्रयाक्ट डिस्ट्रिक ३२९२ जोन १८ का ZRR रो. बिरूकुमार गुप्ताले कार्यक्रमको समिक्षा गर्दै बजारका आधारभूत पक्षको जानकारी भएर लगानी गर्दा सुरक्षित लगानी हुने भन्दै आगामी दिनमा पनि यस प्रकारका तालिम उपयुक्त हुने जानकारी गराएका थिए । भैरहवामा यस प्रकारका तालिम थप आवश्यक रहेको भन्दै आयोजक सस्थालाई रो. अर्जुन सिग्देलले धन्यवाद ज्ञापन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

75%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

25%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS