IME Life New

गुराँस लाइफद्वारा अभिकर्ता उत्प्रेरणा तालिम तथा सम्मान कार्यक्रम सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको क्षेत्रीय कार्यालय पोखराद्वारा बृहत अभिकर्ता उत्प्रेरणा तालिम तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । बैशाख १५ गते शुक्रबारका दिन उक्त कार्यक्रम सम्पन्न भएको कम्पनीले जनाएको छ ।

कम्पनीका क्षेत्रीय प्रमुख हरि शर्मा पौडेलको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा कम्पनीले तेस्रो त्रैमास माघ, फागुन, चैत्र महिनामा लगातार उत्कृष्ट ब्यबसाय गरेका अभिकर्ताहरुलाई सम्मान गर्नुका साथै चैत महिनामा उत्कृष्ट ब्यबसाय गरि नेपाल प्रथम एवं सन् २०२४को लागि पहिलो एमडिआरटी बन्न सफल भएकी एजेन्सी लिडर कमला बस्नेत, द्वितीय बन्न सफल नरेश कुमार मगर, साथै उत्कृष्ट टप टेनमा पर्न सफल कमला के.सी तथा बाबुराम लामिछानेलाई पनि सम्मान गरिएको थियो।

Esewa
Crest

सो कार्यक्रममा कम्पनिका बरिष्ठ क्षेत्रिय मार्केटिङ अधिकृत श्याम प्रसाद तिमिल्सेनाले सहजीकरण गरेका थिए भने क्षेत्रीय प्रमुख हरि शर्मा पौडेलले प्रशिक्षण दिएका थिए । उक्त कार्यक्रममा १५० जना भन्दा बढी उपस्थित थिए ।

उक्त कार्यक्रममा कम्पनी स्थापना भएबाट हाल सम्म निरन्तर रुपमा कार्य गर्ने सिनियर एजेन्सी मेनेजर लक्ष्मण भट्टराई, सिनियर एजेन्सी मेनेजर कृष्ण बहादुर भट्टराई, एजेन्सी मेनेजर सुरेन्द्र मोहन अधिकारी, एजेन्सी लिडर प्रेमप्रसाद बराल, एजेन्सी लिडर ईश्वरी शर्मा लगायतलाई सम्मान गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS