Connect IPS
IME Life

तीन बीमा कम्पनी मर्जर भएर बनेको हिमालयन लाइफको यस्तो बन्यो नयाँ लोगो

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । तीन जीवन बीमा कम्पनी मर्जर भएर बनेको हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीले एकिकृत कारोबारको तयारी सँगै नयाँ लोगो सार्वजनिक गरेको छ । लोगोमा तीन वटा रंगलाई समायोजन गरिएको छ । लोगो भित्रै हिमालयन लाइफ सुरक्षा अटल, भविष्य सबल भन्ने नारा सहितको ब्राण्ड स्लोगन उल्लेख गरिएको छ । लोगोले श्रीमान, श्रीमती र बच्चालाई रक्षावरण गर्ने संकेत प्रदान गर्दछ । जसमा एचएलआइ शब्दलाई मिश्रण गरेर शब्दहरु माथि तीन वटा थोप्ला उल्लेख गरिएको छ ।

प्राइम लाइफ, गुराँस लाइफ र यूनियन लाइफ मिलेर बनेको हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीले यहि बैशाख अन्तिम सातामा एकिकृत कारोबार गर्ने तयारी गरेको छ ।

Prabhu
Crest

तीन कम्पनीले गत माघमा बराबरी हैसियतमा मर्जर गर्ने अन्तिम सहमितपत्रमा हस्ताक्षर गरेका थिए । सहमतिपत्रमा हस्ताक्षर सँगै तीन वटै कम्पनीले साधारणसभाबाट मर्जरको विशेष प्रस्ताव पारित गरेका थिए । मर्जर पछि हिमालयन लाइफको सञ्चालक समितिको अध्यक्षमा सुलभ अग्रवाल र प्रमुख कार्यकारी अधिकृतमा मनोजलाल कर्णले निरन्तरता पाउने छन् । बाँकी दुई कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरु डिसिइओ बन्ने सहमति भएको छ ।

नियामक निकायहरुबाट जति सक्दो छिटो अनुमति आउछ त्यति नै छिटो एकिकृत कारोबार गर्ने तयारीमा मर्जर कमिटी रहेको छ । मर्जरका कारण व्यवसाय प्रभावित बने पछि कम्पनीले सक्दो छिटो मर्जर टुङ्ग्याउने तयारी गरेको हो । मर्जर पछि तीन वटा कम्पनीको कर्मचारी एकै ठाँउमा हुने भएकाले मर्जर अगाडी नै तीन वटै कम्पनीले स्वेच्छिक अवकासको योजना ल्याएका छन् । कर्मचारीहरुलाई स्वेच्छिक अवकासमा आकर्षिक गर्न कम्तिमा पनि एक वर्षदेखि २८ महिनासम्मको तलब पाउन सक्ने व्यवस्था गरिएको छ । एकिकृत कारोबार अगाडी नै भिआरएस प्रकृयाँ टुङ्गो लगाउने कम्पनीको तयारी छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

68%

खुसी

8%

दु :खी

14%

अचम्मित

8%

उत्साहित

3%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS