IME Life New

एशियन लाईफका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठकाे तलब भत्ता रु. ८९ लाख

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डाै‌ । एशियन लाईफ इन्स्याेरेन्सकाे प्रमुख कार्यकारी अधिकृत दिनेश लाल श्रेष्ठले एक वर्षकाे अवधिमा तलब भत्ता तथा अन्य सुविधा वापत ८८ लाख रुपैयाँभन्दा बढी भुक्तानी लिएका छन् । कम्पनीले प्रकाशन गरेकाे १५ ‍औं वार्षिक प्रतिवेदन अनुसार कम्पनीले गत आर्थिक वर्ष २०७८।७९ मा ८८ लाख ६२ हजार १७८ रुपैयाँ भुक्तानी गरेकाे छ।

उनकाे तलब,भत्ता तथा अन्य सुविधावापतकाे रकमा बीमाशुल्कवापतकाे ७२ हजार ६७८ रूपैयाँ समेत समावेश छ। प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले लिएकाे सेवा सुविधावापतकाे रकमकाे आधारमा गत आवमा उनकाे मासिक औसत ७ लाख ३८ हजार ५१४ रुपैयाँ रहेकाे छ ।

Esewa
Crest

अघिल्लाे आर्थिक वर्ष २०७७।७८ मा कम्पनीले प्रमुख कार्यकारी अधिकृतलाई १ कराेड ३३ लाख २ हजार ६९० रुपैयाँ भुक्तानी गरेकाे थियाे । याे रकममा कम्पनीकाे पूर्व प्रमुख कार्यकारी अधिकृत राजेशकुमार श्रेष्ठलाई भुक्तानी गरिएकाे उपदानलगायतकाे रकम समेत समावेश थियाे ।

श्रेष्ठले नेतृत्व सम्हालेयता नेपाल बीमा प्राधिकरणकाे लगानी विविधताकाे नीतिलाई पछ्याउँदै कम्पनीकाे लगानी विविधतामा जाेड दिएकाे देखिन्छ। उनले एशियन लाईफकाे तर्फबाट जलविद्युत परियाेजना, लगानी व्यवस्थापक कम्पनी एशियन क्यापिटल र पर्यटन व्यवसाय क्षेत्रमा समेत लगानी परिचालन गरेका छन् ।

दिनेश लाल श्रेष्ठ २०७७ माघ १ गतेदेखि ४ वर्षे कार्यकालका लागी एशियन लाईफ इन्स्याेरेन्सकाे प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त भएका हुन् । त्यसअघि उनी गुह्येश्वरी मर्चेण्ट बै‌ंकिङ एण्ड फाइनान्समा प्रमुख कार्यकारी अधिकृत रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

0%
sad

दु :खी

33%
amazed

अचम्मित

0%
excited

उत्साहित

17%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS