IME Life New

संस्थागत सुशासन उलंघन गरेपछि दुई श्रीलंकाली बीमककाे इजाजत पत्र निलम्बन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डाै‌ । श्रील‌ंकामा कमजाेर स‌ंस्थागत सुशासन रहेकाे पुष्टी भएपछि दुईवटा बीमा कम्पनीकाे इजाजत पत्र नियामकले निलम्बन गरेकाे छ। श्रील‌ंका बीमा नियामक आयाेगले सार्वजनिक सूचना प्रकाशन गर्दै काेअपरेटिभ इन्स्याेरेन्स कम्पनी पिएलसी र काेपलाईफ इन्स्याेरेन्स लिमिटेडकाे इजाजत पत्र निलम्बन गरेकाे जानकारी गराएकाे हाे ।

याे निलम्बन कम्तीमा २ मई २०२३ सम्मका लागी लागी हुनेछ । कम्पनीकाे प्रबन्ध पत्र नियमावली अनुसार संचालक समितिमा उचित प्रतिनिधित्व नभएकाे र लेखापरिक्षण समितिकाे गठनमा पनि नियामकीय प्रावधानकाे उल‌ंघन गरेकाे भन्दै निलम्बनकाे कारवाही गरेकाे हाे । यसैगरी कोलंबो स्टॉक एक्सचेंजमा सिआइसिपिएलसीकाे शेयर काराेबारमा १८ अप्रिल २०२३ देखि राेक लगाइएकाे छ। बीमा कम्पनीकाे लेखा परिक्षण समितिमा लेखा परिक्षण समितिकाे अध्यक्ष वा कम्तीमा एकजना सदस्य पेशेवर लेखा निकायकाे सदस्य हुनुपर्ने प्रावधान भएपनि कम्पनीले लेखापरिक्षण समितिमा प्रतिनिधित्व नगराएकाे भन्दै कारवाही गरेकाे हाे ।

Esewa
Crest

इजाजत पत्र निलम्बन अवधिसम्म यी दुबै बीमा कम्पनीले नयाँ बीमालेख जारी गर्न पाउने छैनन् । तर विद्यमान बीमितलाई बीमालेख नविकरण, बीमालेख कर्जा, बीमा दाबी भुक्तानी लगायतकाे सेवालाई निरन्तरता दिन इजाजत पत्र निलम्बनकाे कारवाहीले प्रभाव पार्ने छैन।

श्रील‌ंकामा जीवन, निर्जीवन र दुबैखाले बीमा सेवा प्रदान गर्ने २ कम्पनीसहित २८ वटा इजाज प्राप्त बीमा कम्पनी रहेकाेमा इजाजत पत्र निलम्बनसँगै याे संख्या २६ मा झरेकाे छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS