Connect IPS
IME Life

नेप्सेको पत्रमा गम्भिर त्रुटी, चिठ्ठी यूनियनलाई विवरणमा ज्योति लाइफ !

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल स्टक एक्सचेन्जले कपि पेष्ट गर्दा यूनियन लाइफलाई लेखेको पत्रमा गम्भिर त्रुटी भएको छ । यूनियन लाइफको संस्थापक समुहको शेयर सर्वसाधारण समुहमा परिवर्तन गरि अभिलेख गरिएको जानकारी कम्पनीलाई गराउने क्रममा विवरण भित्र ज्योति लाइफ इन्स्योरेन्स लिमिटेडको पत्र प्राप्त भई व्यहोरा अवगत भयो भनिएको छ । नेप्सेले साविक ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको पत्रलाई नै कपि पेष्ट गर्दा यस्तो त्रुटी हुन गएको देखिन्छ ।

नेप्सेले यूनियत लाइफको संस्थापक समुहको १९ प्रतिशत शेयर सर्वसाधारण समुहमा परिवर्तन भइ दोस्रो बजारमा कारोबार गर्न योग्य भएको जनाएको छ । नेप्सेमा यूनियनको २ करोड ३४ लाख २८ हजार ५५० कित्ता शेयर सूचिकृत छ ।

Prabhu
Crest

संस्थापक समुहको ४४ लाख ४१ हजार ४२४ कित्ता शेयर सर्वसाधारण समुहमा परिणत भएको हो । यस सँगै सर्वसाधारण समुहको शेयर हिस्सा ४९ प्रतिशत पुगेको छ भने संस्थापक समुहको शेयर हिस्सा ५१ प्रतिशतमा खुम्चिएको छ ।

नेपाल बीमा प्राधिकरणले मर्जरमा जाने नयाँ बीमा कम्पनीहरुलाई शेयर कन्भर्जनको सुविधा दिएको छ । यसरी संस्थापक समुहको शेयर सर्वसाधारण समुह तर्फ परिणत हुँदा लगानीकर्ताले दोस्रो बजारबाट सजिलै कारोबार गर्न सक्छन् । हिजोका दिनमा १०० रुपैयाँमा खरिद गरिएको संस्थापक शेयरलाई अव सजिलै दोस्रो बजारको मूल्यमा बिक्री गर्न सक्ने छन् । संस्थापक समुहका लगानीकर्ताले सर्वसाधारण समुहमा परिणत भएको शेयर मात्रै बिक्री गर्दा पनि उनिहरुले हिजोको लागत र अहिलेसम्मको व्याज समेत असुल उपर गर्न भ्याउछन् । यसरी बाँकी रहेको संस्थापक शेयरको लगानी लगभग सून्य जस्तै हुने भएकाले लगानीकर्ताहरु नयाँ कम्पनीमा लगानी गर्न सर्वाधिक आकर्षित हुने गरेको पाइन्छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

100%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS