IME Life New

बोनश शेयरमा लाग्ने कर बापतको रकम जम्मा गर्न शेयरधनीलाई यूनियन लाइफको आग्रह

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना शेयरधनीहरुलाई बोनश शेयर वापतको रकम तथा बोनश शेयरमा लाग्ने कर बापतको रकम जम्मा गर्न आग्रह गरेको छ । कम्पनीले गत माघ २६ गते सम्पन्न पाँचौ वार्षिक साधारण सभाबाट पारित ८ दशमलव ९७ प्रतिशत बोनश शेयरमा लाग्ने कर शेयरधनीलाई बुझाउन आग्रह गरेको हो ।

उक्त बोनश शेयर नेपाल स्टक एक्सचेञ्ज र सिडिएस एण्ड क्लियरिङ्गमा सूचिकृत भइसकेको छ । साथै माघ १५ गतेसम्म कायम शेयरधनीहरुले सो बोनश शेयर पाउने तथा बोनश शेयरमा लाग्ने कर वापतको रकम शेयरधनीहरु स्वयंले नै तिनुपर्ने भएकाले कर बापतको रकम कम्पनीको नाममा रहेको प्रभु बैंकको खाता नम्बर ०८९००८९९५४१००१२१ वालिङ शाखामा जम्मा गर्न आग्रह गरेको छ ।

Esewa
Crest

साथै जम्मा गरेको भौचर कम्पनीको इमेलमा पठाउन समेत कम्पनीले आग्रह गरेको छ । शेयर रजिष्ट्रार प्रभु क्यापिटल लिमिटेड रहेको छ । माघ १५ गतेसम्म शेयर धितो बन्धक राखी कर्जा लिएका शेयरधनीको हकमा सो बोनमा लाग्ने कर तिर्न तथा कर्जा लिएको सम्बन्धीत बैंक तथा वित्तीय संस्थामा नो अवजेक्सन लेटर वा फुकुवापत्र पाएपछि मात्र सम्बन्धीत शेयरधनीको खातामा बोनश जम्मा हुने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

29%
sad

दु :खी

14%
amazed

अचम्मित

0%
excited

उत्साहित

57%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS