IME Life New

ज्योति लाइफ इन्स्योरेन्स नेपालकै पहिलो र सर्वाधिक घातक रोगहरु विरुद्ध आर्थिक सुरक्षा दिने कम्पनी बन्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड नेपालकै पहिलो र सर्वाधिक घातक रोगहरु विरुद्ध आर्थिक सुरक्षा दिने कम्पनी बनेको छ । कम्पनीले ३५ घातक रोग विरुद्ध उपचारको लागि ५० लाख रुपैयाँ सम्मको आर्थिक जोखिम सुरक्षा प्रदान गर्ने योजना सार्वजनिक गरे सँगै नेपालकै पहिलो र सर्वाधिक घातक रोगहरु विरुद्ध आर्थिक सुरक्षा दिने कम्पनी बनेको हो । कम्पनीका अनुसार उक्त योजना कम्पनीले प्रचलनमा ल्याएको जीवन बीमा योजनाहरुसँग ऐच्छिक सुविधा स्वरुप लिई लाभ लिन सकिनेछ ।

यस योजना अन्तर्गत बीमालेख खरिद गर्ने कुनै पनि बीमितले आर्थिक अभावमा मृत्युवरण र उपचार खर्च वापत घरबार समाप्त हुने जोखिमको अन्त्य हुने विश्वास कम्पनीले लिएको छ ।

Esewa
Crest

वरिष्ठ समाजसेवी, पर्यटन व्यवासायी, लेखक, क्यान्सर रोग विरुद्धका सामाजिक अभियन्ता कर्ण शाक्य, क्यान्सर रोग विशेषज्ञ तथा नेपाल क्यनान्सर हस्पिटल एण्ड रिसर्च सेण्टरका कार्यकारी अध्यक्ष सुदीप श्रेष्ठ, कम्पनीका व्यवसायिक सद्भावना दुत राजेश हमाल र कम्पनीका संचालक समिति अब्ध्यक्ष नन्द किशोरले उक्त बीमा योजनाको शुभारम्भ गरेका छन् ।

कार्यक्रममा बोल्दै कम्पनीका उपप्रमुख प्रकाश बिक्रमले उल्लेखित नयाँ बीमा योजनको आवश्यकता, विशेषता, नेपाली बीमा बजारमा घातक रोग विरुद्ध आर्थिक सुरक्षा लगायतका विषयमा प्रस्तुतिकरण दिँदै कुनै पनि नेपालीको भातक रोगको कारण समयमा उपचार हुनै नपाई अकालमा हुने मृत्युबाट बचाउने र उपचार खर्चको बोझको कारण घरबार समाप्त भई भविष्यका सन्ततिहरुलाई समेत समस्या नपरोस भनेर कम्पनीले पूर्ण आर्थिक सुरक्षा सहितको योजना ल्याएको जानकारी दिए ।

कार्यक्रमको अथितिको रुपमा रहेका कर्ण शाक्य र सुदिप श्रेष्ठले क्यान्सर रोग र यसबाट मानिसको सामाजिक तथा आथिर्क जीवनमा पर्ने प्रभावको बारेमा भनाईहरु राखे ।

कार्यक्रममा संचालक समितिका अध्यक्ष नन्द किशोर शर्माले कम्पनीले शुरुवात देखि नै सबै नेपालीहरुलाई जीवन बीमा मार्फत आर्थिक सुरक्षा तथा सुनिश्चित भविष्यको लागि विभिन्न नयाँ योजनाहरु जारी गर्दै संचालनको छोटो अवधिमा उल्लेख्य उपलब्धी हासिल गर्न सकेको बताए ।

उनले हालसम्मकै सर्वाधिक ३५ वटा घातक रोगहरु विरुद्ध ५० लाख रुपैयाँ सम्मको आर्थिक सुरक्षा प्रदान गर्ने गरी आजदेखि यो योजना जारी गरिएको र आगामि दिनमा अझ आकर्षक तथा प्रतिफलमूलक बीमा योजनाहरु जारी गर्ने कुरामा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS