Connect IPS
IME Life

‘चैतपछि जेष्ठ मसान्तसम्ममा रु. १ सय जरिवाना तिरेर एजेन्सी लाईसेन्स नविकरण गर्न सकिने’

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाण्डाै‌ । नेपाल बीमा प्राधिकरणले अभिकर्ता इजाजत पत्र नविकरणका लागी ३ महिनाकाे माेहलत दिने भएकाे छ। प्राधिकरणकाे सूचना प्रविधि प्रणालीमा विवरण अध्यावधिक गराएका अभिकर्ताले चैत मसान्तभित्रमा इजाजत पत्र नविकरण गर्न नसकेकाे अवस्थामा जेष्ठ  मसान्तभित्र नविकरण शुल्कका अतिरिक्त १ सय रुपैयाँ  र असार लागे पछि दिनको  ५ रुपैयाँ जरिवाना तिरेर नविकरण गर्न सक्ने भएका हुन् ।

पेशागत बीमा अभिकर्ता स‌ंघकाे नवनिर्वाचित कार्य समितिका पदाधिकारीहरूसँग मंगलबार प्राधिकरणकाे तालिम कक्षमा भएकाे परिचयात्मक भेटवार्तामा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले अभिकर्ता इजाजत पत्र नविकरणका लागी ३ महिनाकाे माेहलत दिइने जानकारी गराएका हुन् । उनले जरिवाना तिरेर इजाजत पत्र नविकरण गर्न सकिने बताए ।

Prabhu
Crest

भेटवार्तामा सहभागी संघका महासचिव ओम केसीका अनुसार चैत्र मसान्तपछि असार मसान्त सम्म १ सय रुपैयाँ जरिवाना तिरेर इजाजत पत्र नविकरण गर्न सकिने प्राधिकरणले जानकारी दिएकाे बताए । उनका अनुसार असारमसान्तसम्म पनि नविकरण नगर्ने अभिकर्ताकाे हकमा इजाजत पत्र प्राप्त गर्नका लागी पुनः परिक्षामा सहभागी हुनुपर्ने प्रावधान समेत लागू गर्ने जानकारी प्राधिकरण अध्यक्ष सिलवालले गराएका छन् ।

भेटमा अध्यक्ष सिलवालले भने, बीमा व्यवसायलाई मर्यादित बनाउनका लागी स‌ंघसँग सहकार्य गर्न हामी सधैं तयार छाैं । उनले जीवन बीमा व्यवसायमा देखा परेकाे विकृती हटाएर साख वृद्धि गर्न संघबाट रचनात्मक सुझाव अपेक्षा गरेकाे बताए । व्यवसायीक र मर्यादित अभिकर्ताकाे उत्पादनका लागी दक्ष प्रशिक्षकहरू जुटाउन संघले समेत प्राधिकरणलाई सहयाेग गर्नुपर्ने उनकाे अनुराेध थियाे ।

*सम्पादन गरिएको।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS