Connect IPS
IME Life

६० कराेड रुपैयाँ भ्रष्टाचारकाे आराेपमा बंगलादेशी बीमा कम्पनीकाे पूर्व अध्यक्ष पक्राउ

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाण्डाै‌ं । कमजाेर नियमन र कमजाेर आन्तरिक नियन्त्रण प्रणालीका कारण छिमेकी मुलुक बंगलादेशकाे बीमा क्षेत्रले साख गुमाउँदै गएकाे छ। हाेमल्याण्ड इन्स्याेरेन्सकाे स‌ंचालकहरूले १ अर्ब ४० कराेड टाका (रूपैयाँ) हिनामिना गरेकाे घटना सेलाउन नपाउँदै फार इष्ट इस्लामी लाईफ इन्स्याेरेन्सका पूर्व अध्यक्ष ६० कराेड टाका हिनामिनाकाे आराेपमा पक्राउ परेका छन् ।

गुलशनस्थित हाेटलबाट पूर्व अध्यक्ष नजरूल इस्लामलाई ब‌ंगलादेश प्रहरीले अघिल्लाे शुक्रबार नियन्त्रणमा लिएकाे हाे । नजरुल र उनकी श्रीमति सहित १९ जनाविरुद्ध साहबाग प्रहरी चाैकीमा उजुरी परेकाे भाेली पल्टै उनी पक्राउ परेकाे ब‌ंगलादेश इन्स्याेरेन्स न्यूजले उल्लेख गरेकाे छ ।

Prabhu
Crest

यसअघि ८ मार्च २०२२ मा सुदूर पूर्व इस्लामी लाईफका नाै जना स‌ंचालक विरूद्ध अख्तियार दुरुपयाेग नियन्त्रण आयाेगले दायर गरेको दुई वटा मुद्दामा नजरुल सहित दुईजनालाई पक्राउ गरिएकोमा नजरुलले जमानतमा रिहा भएका थिए । फार इष्ट लाईफ इन्स्याेरेन्सका अर्का स‌ंचालक एमए खालेक भ्रष्टाचारसम्बन्धी अर्काे एक मुद्दामा पहिले देखि नै थुनामा रहेका छन् ।

ब‌ंगलादेशमा हरेक महिना बीमा कम्पनी भित्रकाे भ्रष्टाचारसँग सम्बन्धित कुनै न कुनै खबर आम स‌ंचारमाध्यममार्फत् बाहिरि नै रहेका हुन्छन् । बंगलादेशकाे बीमा विकास तथा नियमन प्राधिकरणसँग पर्याप्त जनशक्ति र अधिकार नभए पनि राजनीतिक प्रभावका आधारमा जथाभावी बीमा कम्पनीकाे इजाजत पत्र वितरण गर्ने प्रवृत्तिले विकृती भित्र्याएकाे हाे ।

ब‌ंगलादेशमा ३५ वटा जीवन बीमा कम्पनी र १ वटा पुनर्बिमा कम्पनीसहित ४५ वटा निर्जीवन बीमा कम्पनी संचालनमा रहेका छन् । बंगलादेशकाे बीमा नियामक निकायकाे पूर्व अध्यक्ष एम माेसर्रफ हुसेन माथि पनि बीमा कम्पनीबाट घुस रकम लिएर लगानी कम्पनीमार्फत् बीमा कम्पनीमा नै शेयर लगानी गरेकाे विषयमा अभियाेग छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%

खुसी

0%

दु :खी

50%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS