IME Life New

भारतमा थपिए दुई नयाँ जीवन बीमा कम्पनी,एलआइसीलाई कतिकाे चुनाैती हाेला ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डाै‌ । भारतीय बीमा नियामक निकाय, बीमा नियामक र विकास प्राधिकरण (IRDAI) ले दुई नयाँ जीवन बीमा कम्पनीलाई इजाजत पत्र जारी गरेकाे छ। आइआरडिआइएकाे १२१ बाेर्ड बै‌ठकले अको लाइफ इन्स्योरेन्स लिमिटेड र क्रेडिट एक्सेस लाइफ इन्स्योरेन्स लिमिटेडलाई जीवन बीमा व्यवसाय स‌ंचालनका लागी स्वीकृति दिएकाे हाे ।

यी दुई बीमा कम्पनी थपिएसँगै भारतमा जीवन बीमा कम्पनीकाे स‌ंख्या २५ पुगेकाे छ। सन् २०११ यता बन्द रहेकाे जीवन बीमा व्यवसायकाे लागी नयाँ इजाजत पत्र वितरण कार्य १२ वर्षपछि पुनः खुलेकाे हाे। गत नाेभेम्बर २०२२ मा प्राधिकरण स‌ंचालक समितिकाे १२० औं बैठकमा निर्जीवन बीमा व्यवसायका लागी आवेदन खुलाउँदै ३ निर्जीवन बीमकलाई इजाजत पत्र वितरण गरेकाे थियाे ।

Esewa
Crest

भारतीय जीवन बीमा बजारमा सरकारी स्वामित्वकाे भारतीय जीवन बीमा निगम एलआइसीकाे कब्जामा ठूलाे बजार हिस्सा रहेकाे छ। जीवन बीमा व्यवसायमा ३० प्रतिशत हिस्सा एलआइसी एक्लैले ओगटेकाे छ। तर बीमा क्षेत्रमा नयाँ प्रविधि, नविनत्तम बीमा याेजना, सूचना प्रविधिकाे प्रयाेग र परम्परागत बीमा याेजनाकाे साटाे उच्च जाेखिम बहन हुने म्यादी जीवन बीमाकाे माग क्रमशः बढ्दै जाँदा एलआइसीलाई चुनाैती थपि‌ंदै गएकाे छ।

भारतीय बीमा प्राधिकरणका अनुसार जीवन, निर्जीवन( स्वास्थ्य, माेटर, लघु लगायत) र पुनर्बीमा व्यवसायकाे इजाजतका लागी अझै २० वटा कम्पनीहरू प्रतिक्षा सूचीमा रहेका छन् ।

प्राधिकरणले भारतीय नागरिकमा बीमामा पहुँच विस्तार गर्ने महत्वकांक्षी लक्ष्य अघि सार्दै सन् २०२७ सम्ममा कूल गार्हस्थ उत्पादनमा बीमा क्षेत्रकाे याेगदान दाेब्बर वृद्धि गर्ने घाेषणा गरेकाे छ। निर्जीवन बीमा व्यवसायबाट प्राप्त हुने बीमाशुल्क रकमकाे लक्ष्य भारतीय रूपैयाँ २ लाख करोड रुपैयाँ भारू ११ लाख कराेड पुर्याउने लक्ष्य छ। कुल गार्हस्थ्य उत्पादनको हिस्साको हिसाबले हालको १ प्रतिशतको ठाउँमा २.५ प्रतिशतको लक्ष्य लिएकाे छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS