IME Life New

महिला लघुवित्तद्धारा शाखा व्यवस्थापन तालिम सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेड केन्द्रीय कार्यालय साँगा काभ्रेले चालु आर्थिक बर्ष २०७९/८० को समिक्षा तथा शाखा व्यवस्थापन तालिम सम्पन्न गरेको छ । महिला अधिकार तथा विकास केन्द्रको आयोजानमा अल्फा विटा रेस्टुरेन्ट तथा बैकुट नयाँ बानेश्वर काठमाडौमा भएको २ दिने संस्थाको चालु आर्थिक बर्षको समिक्षा तथा शाखा ब्यवस्थापन तालिम सम्पन्न भएको हो ।

तालिममा बोल्दै महिला अधिकार तथा विकास केन्द्रकी संस्थापक अध्यक्ष तुल्सी थापाले संस्थामा आवद्ध महिलाहरुको वित्तीय कारोबारमा विशेष ध्यान दिन उपस्थित कार्यालय प्रमुखहरुलाई आग्रह गरिन् । उनले लघुवित्त वित्तीय संस्थाबाट लिईसकेको कर्जा सदस्यले तिर्दैन भन्न नपाईने तथा यस्ता कार्यमा संग्लनहरुलाई सरकारले कानूनी कारर्वाही गनुपर्ने समेत उल्लेख गरिन।

Esewa
Crest

उनले पछिल्लो समयमा लघुवित्त वित्तीय संस्थाको कार्यक्रमका बारेमा भ्रम पैदा भएको भएपनि यस्ता खालका भ्रममा नगरी आफ्नो संस्थाले दिने बित्तीय सेवामा लाग्न कार्यालय प्रमुखहरुलाई आग्रह गरिन् । महिला लघुवित्त संस्थाबाट कर्जा लिएका महिलाहरुलाई स्वरोजगार बनाउनको लागि समय समयमा तालिम समेत प्रदान गर्ने उनको भनाई रहेको थियो ।

महिला लघुवित्तका प्रमुख कार्यकारी अधिकृत कृष्ण प्रसाद न्यौपानेले कार्यक्रममा बोल्दै महिला लघुवित्तमा सहभागी महिलाहरुलाई एकिकृत गरी अहिलेको विद्यमान आर्थिक मन्दीलाई मध्यनजर गरेर काम गर्न सहभागि कार्यालय प्रमुखहरुलाई आग्रह गरेका थिए ।

लघुवित्त वित्तीय संस्थाले स–सानो पुँजीबाट आर्थिक उपार्जनको बाटोमा उदाहरणीय काम गरेको उल्लेख गदैं लघुवित्त संस्थामा कार्यरत कर्मचारीहरुलाई अहिलेको अवस्थामा हतोसाहित नभई एकताबद्ध भएर काम गर्न आग्रह गरे । दुई दिन सम्म चलेको तालिममा केन्द्रीय कार्यालयबाट सहायक कार्यकारी अधिकृत हरि प्रसाद गौतम र कर्जा असुली तथा जोखिम व्यवस्थापन विभाग प्रमुख ईश्वर बहादुर रोका, आन्तरिक लेखा परिक्षण विभाग प्रमुख बलबहादुर राना, अनुगमन तथा निरिक्षण विभाग प्रमुुख बुद्धिसागर न्यौपाने र केन्द्रीय कार्यालयका विभिन्न विभाग प्रमुखहरुको सहभागीता रहेको थियो ।

यस लघुवित्तको हाल ३४ जिल्लामा ७० वटा शाखा कार्यालयहर र ८ वटा सुपरिवेक्षण तथा निरिक्षण कार्यालयबाट ७५ हजार महिला सदस्य आवद्ध रहेको केन्द्रीय कार्यालयका योजना अनुसन्धान विभाग प्रमुख नारायण रोकाले बताए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

100%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS