IME Life New

प्रिमियर इन्स्योरेन्सको खुद नाफा १३ प्रतिशतले वृद्धि हुँदा पुँजी अझै ७२ प्रतिशतले वृद्धि गर्नु पर्ने

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

प्रिमियर  इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेश्रो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ । कम्पनीले आर्थिक वर्ष ७५/७६ को तेश्रो त्रैमास सम्म १ अर्ब २१ करोड कुल बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले अघिल्लो आर्थिक वर्षको तेश्रो त्रैमास सम्म १ अर्ब १३ करोड कुल बीमा शुल्क आर्जन गरेको थियो । कुल बीमा शुल्क आर्जन रकम ७ प्रतिशतले  वृद्धि भएको छ । त्यस्तै कम्पनीले ६०  करोड ५६ लाख खुद बीमा शुल्क आर्जन गरेको छ । खुद बीमा शुल्क आर्जन रकम ३ प्रतिशतले कम  भएको छ ।

Crest

९ महिनाको अवधिमा कम्पनीले १५ करोड ३ लाख खुद नाफा गरेको छ । खुद नाफा अघिल्लो आर्थिक वर्षको तेश्रो त्रैमासको तुलनामा १३ प्रतिशतले वृद्धि भएको छ । कम्पनीको वार्षिक प्रति शेयर आम्दानी ३४ रुपैयाँ ३२ पैसा छ। प्रति शेयर आम्दानी गत आर्थिक वर्षको तेश्रो त्रैमासमा ३० रुपैयाँ ४९ पैसा थियो ।

कम्पनीको जगेडा कोषमा ६४ करोड १९ लाख रुपैयाँ संचित छ। कम्पनीको जगेडा कोष ९ प्रतिशतले कम भएको छ। कम्पनीको बीमा कोष भने १० प्रतिशतले वृद्धि हुँदै ४७ करोड ८८ लाख पुगेको छ ।

कम्पनीको हाल पुँजी ५८ करोड रुपैयाँ छ। १ अर्ब पुँजी पुर्याउन कम्पनीले अझै आफ्नो पुँजी ७२ प्रतिशतले वृद्धि गर्नु पर्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS