IME Life New

बीमककाे जाेखिम‌ मूल्यांकनका लागी बीमा प्राधिकरणले जारी गर्‍याे निर्देशिका

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डाै‌ । नियामकीय पूँजीलाई दाेब्बर पुर्याएर बीमा कम्पनीहरुलाई पूँजी वृद्धिकाे दबाब दिएकाे नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीकाे जाेखिम मूल्या‌ंकन सम्बन्धी स्व जाेखिम बहन क्षमता मूल्यांकन (ओन रिस्क साेल्भेन्सी एसेसमेन्ट) सम्बन्धि निर्देशिका जारी गरेकाे छ।

२०८३।८४ देखि जाेखिममा आधारित पूँजीलाई पूर्णरुपमा लागू गर्ने तयारी गरेकाे प्राधिकरणले बीमा कम्पनीहरुकाे स्व जाेखिम बहन क्षमता मूल्या‌ंकन सम्बन्धी निर्देशिका जारी गरेकाे हाे । प्राधिकरणले बीमा कम्पनीकाे जोखिम व्यवस्थापन प्रणालीलाई सामान्य वा असामान्य अवस्थामा समेत बीमककाे वर्तमान तथा भावी जाेखिम साेधन क्षमतालाई, परिमाणात्मक र गुणात्मक, दुबै प्रदान गरेर दूरदर्शीरुपमा मूल्याङ्कन गरेर सहयाेग समर्थन गर्नु याे निर्देशिकाकाे मुख्य उद्देश्य हाे। यस अन्तर्गत बीमकले व्यवसायलाई निरन्तरता दिन सक्ने क्षमताकाे विश्लेषण र जाेखिम व्यवस्थापन गर्नका लागी दीर्घकालमा आवश्यक पर्नसक्ने उपलब्ध पूँजीगत श्राेतहरुकाे सुनिश्चितता पर्दछ। साथै याे मूल्यांकन जाेखिममा आधारित पूँजी निर्धारण गर्नका लागी सहयाेगी हुनेछ।

Esewa
Crest

ORSA-1

निर्देशिकाले ओन रिस्क साेल्भेन्सी एसेसमेन्टकाे स्वामित्व बीमककाे स‌ंचालक समितिले लिनुपर्ने प्रावधान राखेकाे छ। साथै प्रतिवेदनबाट प्राप्त हुने जाेखिम मूल्यांकन सम्बन्धी जानकारी तथा तथ्यहरूमा आधारित रहेर आवश्यक नीतिगत निर्णय लिने र सुधाराेन्मुख कार्य गर्नका लागी उच्च व्यवस्थापनलाई जिम्मेवारी दिने दायीत्व पनि स‌ंचालक समितिमा निहित हुनेछ।

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

25%
sad

दु :खी

25%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS