IME Life New

सातै प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम गरी सनराइज बैंकले मनायो ग्लोबल मनि विक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सनराइज बैंकले पूर्वको तेह्रथुम देखि पश्चिमको दार्चुलासम्म सातै प्रदेशमा एकसय वटा वित्तीय साक्षरता कार्यक्रम गरि ग्लोबल मनि विक मनाएको छ। बैंकले बैंकिङ्ग सेवा, बचत, ऋण, विध्धुतिय बैंकिङ्ग सेवा र यसमा अपनाउनु पर्ने सावधानी लगायतका विषयहरु समावेश गरी देशभरीका विभिन्न १०० स्थानका युवाहरुलाई समेटेर वित्तीय साक्षरता कार्यक्रम गरेको जनाएको हो ।

यस्ता कार्यक्रमले युवाहरुमा वित्तीय साक्षरताको अभिबृद्धि, गर्ने वित्तीय निर्णय गर्ने क्षमताको विकास हुने, सानै देखि बचत गर्ने बानी बस्ने, बैंकिङ्ग सेवा सुविधाको सही उपयोगिता, बैंकिङ्ग विवरण अरुलाई दिदाँ हुन सक्ने झमेला र ठगी लगायतका विषयको संचेतनाले उनीहरु र उनीहरुसँग जोडिएका परिवारको आर्थिक समृद्धिमा योगदान पु¥याउने बैंकको विश्वास छ ।

Esewa
Crest

हालसम्म बैंकले १३९ वटा शाखा, १०० वटा शाखारहित बैंकिङ्ग सेवा, १३ वटा एक्सटेन्सन काउण्टर र १६२ वटा एटिएम मार्फत आफ्ना ८ लाख भन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS