IME Life New

फागुनमा मात्रै जीवन बीमा कम्पनीहरुले नविकरण मार्फत भित्राए ८ अर्ब २६ करोड व्यवसाय, कसले कति गरे ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आर्थिक वर्ष २०७८ /८० को फागुन महिनामा जीवन बीमा कम्पनीहरुले ८ अर्ब २६ करोड ७० लाख रुपैयाँ नविकरण बीमा शुलक आर्जन गरेका छन् । कम्पनीले फागुन महिनामा २ अर्ब ९ करोड ४४ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेका छन् । यस हिसावमा हेर्दा कम्पनीले नयाँ व्यापार गरेर भन्दा पनि नविकरण गरेर नै व्यवसाय धानेको देखिन्छ ।

फागुन महिनासम्ममा जीवन बीमा कम्पनीहरुले १ करोड ४० लाख १ हजार ५७६ वटा बीमा पोलिसी विक्री गरी ९३ करोड ७५ करोड २९ लाख रुपैयाँ कुल बीमा शुलक आर्जन गरेका हुन् । त्यस्तै, यी कम्पनीहरुले फागुन महिनामा मात्रै १० अर्ब ३६ करोड २३ लाख रुपैयाँ कुल बीमा शुलक आर्जन गरेका छन् ।

Esewa
Crest

प्राधिकरणको तथ्याङक अनुसार फागुन महिनामा सबैभन्दा धेरै नेपाल लाइफले नविकरण मार्फत बीमा व्यवसाय भित्राएको देखिन्छ । कम्पनीले यस महिनामा नविकरण मार्फत २ अर्ब २९ करोड रुपैयाँ बीमा शुलक आर्जन गरेको छ । एलआइसी नेपालले नविकरण मार्फत १ अर्ब १३ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । नेशनल लाइफले ९१ करोड ३२ लाख रुपैयाँ नविकरण मार्फत बीमा शुलक आर्जन गरेको छ ।
त्यस्तै, यूनियन लाइफले ५५ करोड ८८ लाख, सूर्यज्योति लाइफले ४५ करोड ८८ लाख, एशियन लाइफले ३९ करोड ५० लाख, मेट लाइफले ३८ करोड ५० लाख, सिटिजन लाइफले २९ करोड ९८ लाख, प्राइम लाइफले २९ करोड १३ लाख, राष्ट्रिय बीमा संस्थानले २२ करोड २६ लाख रुपैयाँ नविकरण मार्फत व्यवसाय भित्राएका छन् ।

त्यसैगरी रिलायन्स लाइफले २१ करोड ३७ लाख, सन नेपाल लाइफले १८ करोड ९१ लाख, आइएमई लाइफले १८ करोड ८६ लाख, गुराँस लाइफले १८ करोड ६१ लाख, रिलायबल नेपाल लाइफले १८ करोड, सानिमा लाइफले १४ करोड १८ लाख, प्रभु लाइफले १२ करोड ५८ लाख र महालक्ष्मी लाइफले ९ करोड ४८ लाख रुपैयाँ नविकरण मार्फत बीमा शुल्क आर्जन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

33%
happy

खुसी

0%
sad

दु :खी

67%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS