काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट लाभांश घोषणा गरेको छ । कम्पनीको चैत्र ९ गते साझ ६ बजे बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७ /७८ को संचित मुनाफाबाट १३ .२७ प्रतिशत बोनस शेयर र बोनस शेयरमा लाग्ने कर शेयर धनिबाट लिने गरि प्रस्ताव गरेको छ ।
कम्पनीले वित्तीय विवरण सहित लाभांशको प्रस्ताव नेपाल बीमा प्राधिकरणमा पेश गर्नेछ । प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भए पछि मात्रै कम्पनी आगामी वार्षिक साधारणसभामा पेश गर्नेछ । साधारणभाले लाभांश पारित गरेपछि बल्ल शेयरधनीहरुले प्राप्त गर्न सक्ने छन् ।