IME Life New

दोगडाकेदार गाउँपालिकामा बीमा सम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरण सुदुरपश्चिम प्रदेश कार्यालय धनगढीले बैतडी जिल्लाको दोगडाकेदार गाउँपालिकाको कार्यालयमा बीमा सम्बन्धी जनचेतनामुलक अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ । सुदुरपश्चिम प्रदेश धनगढीका कार्यालय प्रमुख ओम बहादुर अधिकारीको सभापतित्वमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

उक्त कार्यक्रममा प्रमुख अतिथिका रुपमा दोगडाकेदार गाउँपालिकाका वडा अध्यक्षहरु मध्ये वडा नम्बर ५ का जेष्ठ अध्यक्ष करविर सिं कार्की, बिशेष अतिथिका रुपमा गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत चक्रदेव जोशी तथा अतिथिहरुमा वडाध्यक्षहरु, नगरकार्य समितिका सदस्यहरु अन्य उपस्थितिहरुमा गाउँपालिकाका पशुशाखा प्रमुख, कृषि विकास शाखा प्रमुख, स्थानीय अगुवा कृषकहरु लगायत स्थानीयहरूको ७० भन्दा बढी सहभागिता रहेको थियो ।

Esewa
Crest

उक्त कार्यक्रम नेपाल बीमा प्राधिकरण सुदुर पश्चिम प्रदेश कार्यालयका सहायक निर्देशक दिपक ज्ञवालीले सञ्चालन गरेको कार्यक्रममा सहायक निर्देशक प्रेम हरि पोखरेलले बीमा सम्बन्धि प्रस्तुतिकरण दिएका थिए ।

कार्यक्रममा सहभागीहरुले बीमा गर्नको लागि बीमा कम्पनीहरु, बीमा अभिकर्ताहरू यस ठाउँमा नआएको, बीमा कम्पनीको शाखा कार्यालय स्थापना गर्न माग गरिएको, कृषि तथा पशुपन्छी बीमामा नेपाल सरकारले दिएको अनुदानको कुरा पनि थहा नभएको, कोरोना दावी कहिले सम्म पाइन्छ, कृषि बालीमा बदेलले नोक्सान गरेकोमा दावि पाइन्छ वा पाइदैन जस्ता गुनासाहरुगरेका थिए ।

कार्यक्रममा सहभागीहरूले राखेका गुनासाहरुको जबाफ प्रदेश कार्यालयका प्रमुख ओम बहादुर अधिकारीले दिएका थिए। उक्त कार्यक्रममा दोगडाकेदार गाउँ पालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत चक्रदेव जोशीले नेपाल बीमा प्राधिकरणलाई बीमा सम्बन्धि कार्यक्रम यस गाउँपालिकामा ल्याएकोमा धन्यवाद व्यक्त गरे । बीमा गर्नका लागि यस ठाउमा कुनै पनि निर्जिवन बीमा कम्पनी नभएको हुँदा यहाँका मानिसहरुलाई कृषि तथा पशुपन्छि बीमा गर्न अप्ठ्यारो भएको कुरा राखेका थिए ।

गाउँपालिकाबाट पनि यहाँका कृषक तथा गाउँ बासिहरुलाई बीमामा समेट्नका लागि विभिन्न योजना ल्याउन आफुले पहल गर्ने कुरा प्रदेश कार्यालयका प्रमुख ओम बहादुर अधिकारीले बताएका थिए । कार्यक्रममा प्रदेश प्रमुख ओम बहादुर अधिकारीले गाउँपालिका परिवारलाई मौसम प्रतिकुलताको अवस्थामा पनि सबै मानिसहरुलाई सहभागी गराई कार्यक्रम सफल पार्न सहयोग गरेकोमा धन्यवाद दिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS