काठमाडौं । बीमा अभिकर्ताहरुको नविकरण हिजो आइतबारदेखि सुरु भएको छ । नेपाल बीमा प्राधिकरणले अनलाइन प्रणालीबाटै लाइसेन्स नविकरण गर्न मिल्ने बनाएको छ । नविकरणका लागि नेपाल बीमा प्राधिकरणको वेवसाइट खोल्नु पर्नेछ ।
जसमा ‘इ-सर्भिस’ आइकनमा क्लिक गरेर ‘अनलाइन पेमेन्ट सर्भेयर/एजेन्स’ आइकनमा क्लिक गर्नु पर्नेछ । बीमा अभिकर्ताको नविकरणको लागि अभिकर्ता ईजाजतपत्र डुब्लीकेशन (एक भन्दा बढि बीमकमा आबद्ध) भए/नभएको विवरण हेर्न दिइएको लिन्कमा गई तोकिए बमोजिमको विवरण भर्नु पर्छ ।
जसमा सबैभन्दा पहिला बीमकको प्रकार अन्तर्गत जीवन र निर्जीवन कुन हो छुट्याउनु पर्छ । त्यस्तै लाइसेन्सको प्रकारमा व्यक्तिगत या संस्थागत कुन हो चयन गर्नु पर्नेछ । यस सँगै प्यान नम्बर भर्नु पर्नेछ । यि तीन वटा विवरण भर्ने वित्तीकै तपाईले कुन कुन बीमा कम्पनीबाट अभिकर्ता लाइसेन्स लिनु भएको छ त्यो सबै देखिनेछ ।
आफुले यस अगाडी अभिकर्ताको लाइसेन्स लिएको मध्ये कुनै एउटा कम्पनी मात्रै छनोट गर्न पाइनेछ । तर एउटा मात्रै कम्पनीको अभिकर्ता भएमा सिधै नविकरण गर्न सकिन्छ । दुई वा सो भन्दा बढि कम्पनी मध्येबाट एक कम्पनी चयन गर्दा स्वघोषणा गर्न मिल्ने बनाइएको छ । स्वघोषणामा, बीमा ऐन २०७९ को दफा ९१(७) को व्यवस्था बमोजिम मैले माथि उल्लेख गरे बमोजिमको बीमक छानेको स्वघोषणा गर्दछु ।
यो सबै पढेर ‘प्रोसिड’मा क्लिक गर्ने वित्तीकै तपाई, के तपाई यो कम्पनीलाई निरन्तरता लिन चाहनु हुन्छ भन्दै’ प्रश्न गरिन्छ । जसमा एस वा क्यान्सिल बटम क्लिक गर्नु पर्ने हुन्छ । क्यान्सिलमा क्लिक गर्नु भयो भने प्रकृयाँ यहि बन्द हुन्छ र ‘यस’ भन्नु भयो भने प्रकृयाँ अगाडी बढ्छ ।
तपाईले आफ्नो मोबाइलमा ओटिपि ‘वन टाइम पासवर्ड’ पाउनु हुनेछ । मोबाइलमा प्राप्त भएको ओटीपी पासवर्डलाई हाल्ने वित्तीकै उक्त कम्पनी छनोट गरिएको आधिकारिता प्रमाणत भएको मानिन्छ । यस्तो पासपोर्ट सम्बन्धित अभिकर्ताले दिनमा दुई पटक मात्रै प्राप्त गर्नेछन् । यसरी एक पटक पासपोर्ट प्राप्त भएको १० मिनेटसम्म अर्को पासपोर्टको लागि आग्रह गर्न पाइने छैन ।
यदि एउटा मात्रै बीमा कम्पनीमा अभिकर्ता लाइसेन्स छ भने यस्तो प्रकृयाँ पुरा गर्नु पर्ने छैन । यसरी कम्पनी छनोट भए पछि अभिकर्ताले आफ्नो लाइसेन्स नम्बर र आफ्नो लाइसेन्स नम्बर जारी गरिएको मिति टिप्नु पर्नेछ । लाइसेन्स जारी गरिएको मिति अंग्रेजी मिति टिप्नु पर्छ ।
यसरी कम्पनी छनोट भइसके पछि अभिकर्ताले नविकल शुल्क भुक्तानीका लागि आफु सँग भएको भुक्तानी सेवा प्रदायक छनोट गर्नु पर्नेछ । अभिकर्ता नविकरण शुल्क भुक्तानीका लागि नेपाल बीमा प्राधिकरणले कनेक्ट आइपिएस, इसेवा, प्रभु पे, सेल पे, आइएमई पे र खल्ती रहेका छन् । यिनिहरु मध्ये कुनै एक छनोट गर्नु पर्छ ।
नविकरण शुल्क २०० रुपैयाँ भुक्तानी गरिएको विवरण सुरक्षित राख्नु पर्नेछ । अभिकर्ता इजाजतपत्र नवीकरणको लागि प्राप्त भएको निवेदन बीमकको IRMIS system मार्फत प्राधिकरणमा सिफारिस भई आए पछि प्राधिकरणबाट Approve भए पछि नविकरण कार्य पुरा हुनेछ ।