IME Life New

सूर्या लाईफ इन्स्योरेन्सले तेश्रो त्रैमास सम्म १ अर्ब ५४ करोड कुल बीमा शुल्क आर्जन गर्न सफल

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

सूर्या लाईफ इन्स्योरेन्सले आर्थिक वर्ष ७५/७६ को तेश्रो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ।  इन्स्योरेन्सको कुल बीमा शुल्क आर्जन रकम ४० प्रतिशतले वृद्धि भएको छ। कम्पनीले यस आर्थिक वर्षको तेश्रो त्रैमास सम्म १ अर्ब ५४ करोड कुल बीमा शुल्क आर्जन गरेको छ।

कम्पनीको खुद बीमा शुल्क आर्जन रकम ४४  प्रतिशतले वृद्धि हुँदै १ अर्ब ४९ करोड पुगेको छ। कम्पनीले जारी गरेको बीमा लेख संख्या १६ प्रतिशतले  वृद्धि भएको छ।

Crest

कम्पनीले चालु आर्थिक वर्षको तेश्रो त्रैमास सम्म १३ करोड ७१ लाख खुद नाफा गरेको छ। कम्पनीको प्रकाशित प्रति शेयर आम्दानी १६ रुपैयाँ १५ पैसा रहेको छ।

कम्पनीको जगेडा कोषको आकार २९  प्रतिशतले वृद्धि भएर  ४५  करोड ७४ लाख पुगेको छ भने जीवन बीमा कोषको आकार ४४  प्रतिशतले वृद्धि भएर ४ अर्ब ६४ करोड पुगेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS