IME Life New

यूनियन लाइफको दुलेगौडा शाखाद्धारा सचेतना कार्यक्रम सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

तनहुँ । यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड दुलेगौडा शाखाको आयोजना तथा प्राइम लाइफ इन्स्योयोरेन्स कम्पनी, र गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको समन्वयमा आज दुलेगौडामा सचेतना कार्यक्रम सम्पन्न भएको छ ।

युनियन लाइफ इन्स्योरेन्स कम्पनी, गुँरास लाइफ इन्स्योरेन्स कम्पनी, र प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको म्रजर पछि हिमालय लाइफ इन्स्योरेन्सको नामबाट २०८० बैशाख २ गतेवाट कारोवार हुने गरि सम्झौता गरेका छन् । कम्पनीले आज एक कार्यक्रमको विच अभिकर्ता सामु विमा सचेतना कार्यक्रमको आयोजना गरेको हो ।

Esewa
Crest

उक्त कार्यक्रममा युनियन लाइफ इन्स्योरेन्स गण्डकी प्रदेश प्रमुख टुल्कनाथ आचार्य, युनियन लाइफ इन्स्योरेन्स कम्पनीका सिनियर एजेन्सी म्यानेजर नेपाल स्टार ज्ञानेन्द्र ढुङ्गगाना, सिनियर एजेन्सी म्यानेजर एमडिआरटी ,उमाकान्त श्रेष्ठ, एमडिआरटी क्षेत्र बहादुर थापा, लगायतले कार्यक्रममा विभिन्न विषयमा जानकारी दिएका थिए ।

कार्यक्रममा युनियन लाइफ ईन्स्योरेन्स कम्पनी गण्डकी प्रदेश प्रमुख टुल्कनाथ आचार्य, युनियल लाईफ ईन्स्योरेन्सका सिनियर एजेन्सी म्यानेजर ज्ञानेन्द्र ढुङ्गाना,एमडिआरटी उमाकान्त श्रेष्ठ, एमडिआरटी क्षेत्र बहादुर थापा, एनेन्सी म्यानेजर अनिल थापा, सोम प्रसाद श्रेष्ठ, सुमित्रा थापा, महाविर थापा, अमृत शाही, कविता भण्डारी, सुमित्रा राना, ईन्द्र प्रसाद पौडेल, प्राईम लाईफ ईन्स्योरेन्स कम्पनी दुलेगौडा शाखा प्रखुख दिपक रेग्मी, प्राईम लाईफ ईन्स्योरेन्सका एजेन्सी म्यनेजर सुष्मा लम्साल, भक्त बहादुर राना, माधव प्रसाद अधिकारी, जिवन सागर, सिता वराल लगायतको उपस्थिती रहेको थियो ।

कार्यक्रम्रमा बोल्दै प्रदेश प्रमुख आचार्यले गाँस वास कपास सगै सुरक्षा जिवनको प्रमुख आधार भएकोले विमा जगतले मानवको विजन यापनलाई सहजनता प्रदान गर्ने हुदाँ आफुले सक्ने विमालेख खरिद गर्न सबैमा अनुरोध गरे ।

सिनियर एनेन्सी म्यानेजर उमाकान्त श्रेष्ठले दुर दराजको विमा ल्यानको लागि तालिम तथा कार्यक्रमहरु नियमित संचालन गरिनुपर्नेमा जोड दिए ।

कार्यक्रममा बोल्दै सिनियर एजेन्सी म्सानेजर नेपाल स्टार ज्ञानेन्द्र ढुङ्गगानाले असल अभिकर्ता कसरी बन्ने र विवितको घाउमा मल्हम लगाउन अभिकर्ताले खेल्नुपर्नै कदमको वारेमा प्रकाश पारे ।

युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड दुलेगौडा शाखा प्रमुख ओमकार नागिलाको अध्यक्षता सम्पन्न कार्यक्रममा, गण्डकी प्रदेश प्रमुख टुल्कनाथ आचार्यको प्रमुख आथित्यता र गुँरास लाइफ इन्स्योरेन्का सिनिएर एजेन्सी म्यानेजर माधव प्रसाद अधिकारीको स्वागत मन्तवयमा संचालित कार्यक्रमको सहजीकरण युनियन लाईफ इन्स्योरेन्सका एजेन्सी म्यानेजर इन्द्र प्रसाद पौडेलले गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS