काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा प्राइम कमर्सिलय बैंक र गुराँस लघुवित्त वित्तीय संस्थाको बोनश शेयर सूचिकृत भएको छ । प्राइम कमर्सिलय बैंकको ७४ लाख ६२ हजार ५२९ दशमलव १२ कित्ता बोनश शेयर नेप्सेमा सूचिकृत भएको छ । बैंकको गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई वितरण गरेको ४ प्रतिशत बोनश शेयर नेप्सेमा सूचिकृत भएको हो ।
त्यस्तै गुराँस लघुवित्त वित्तीय संस्थाको ३९ हजार कित्ता बोनश शेयर नेप्सेमा सूचिकृत भएको छ । लघुवित्तले शेयरधनीहरुलाई गत आर्थिक वर्षको मुनाफाबाट वितरण गर्न प्रस्ताव गरेको ४ प्रतिशत बोनश शेयर सूचिकृत गराएको हो ।