IME Life New

दुई जीवन बीमा कम्पनीले चैत ९ गतेबाट एकिकृत कारोबार गर्दै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डौं । सानिमा लाइफ इन्स्योरेन्स र रिलायन्स लाइफ इन्स्योरेन्सले चैत ९ गतेबाट एकिकृत कारोबार गर्दैछन् । यी कम्पनीले सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको नामबाट एकिकृत कारोबार गर्ने भएका छन् । सानिमा रिलायन्स लाइफ कम्पनीको कार्यकारी अधिकृत (सिइओ)मा शिवनाथ पाण्डे रहने भएका छन् ।

मर्जरको लागि बीमा नियामक नेपाल बीमा प्राधिकरणले फागुन १८ गते यी कम्पनीलाई अन्तिम स्वीकृति दिएको थियो । प्राधिकरणले चुक्ता पूँजीमा झण्डै दोब्बर वृद्धिको प्रावधान सहित चैत्र मसान्तसम्मको समयसीमा तोकेपछि ५ अर्ब रूपैयाँ चुक्ता पूँजी पुर्याउनुपर्ने बाध्यात्मक अवस्थाकाबीच मर्जरका लागी गत असार २९ गते यी दुबै जीवन बीमकले प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर गरेका थिए ।

Esewa
Crest

दुबै कम्पनीले १ः१ को स्वाप अनुपातमा आपसमा गाभ्ने गाभिने सहमति गरेका हुन् । दुबै कम्पनीको फागुन १२ गते सम्पन्न साधारण सभाबाट  गाभ्ने गाभिने सम्बन्धि प्रस्ताव पारित गरि सकेका छन् ।

रिलायन्स लाइफको चुक्ता पूँजी २ अर्ब १० करोड र सानिमा लाइफको चुक्ता पूँजी २ अर्ब रुपैयाँ छ। गाभिएपछि तत्काल चुक्ता पूँजी ४ अर्ब १० करोड रुपैयाँ पुग्नेछ। न्यूनत्तम ५ अर्ब रुपैयाँको सीमामा पुग्नका लागी सानिमा रिलायन्स लाइफलाई अझै ९० करोड रूपैयाँ अपुग हुनेछ ।

रिलायन्स लाइफ इन्स्योरेन्समा ताराचन्द अग्रवाल अध्यक्ष रहेको केडिया समूह मुख्य प्रवर्द्धकको रुपमा रहेको छ। त्यसैगरी सानिमा लाइफमा गैरआवासीय नेपाली समूहको मुख्य लगानी रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

55%
happy

खुसी

0%
sad

दु :खी

27%
amazed

अचम्मित

18%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS