IME Life New

परीक्षा दिएर ३० हजार १९१ अभिकर्ताले लिए लाइसेन्स, कुन कम्पनीको कति (सूचिसहित)

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बीमा ऐन २०७९ लागु भए पछि परीक्षा दिएर ३० हजार १९१ जनाले अभिकर्ता लाइसेन्स लिएका छन् । नेपाल बीमा प्राधिकरणले गत मंसिरदेखि बीमा ऐन अनुसार परीक्षा प्रणालीको सुरुवात गरेको थियो ।

सुरुवाति चरणमा बीमा कम्पनीहरु आफैले परीक्षा लिन पाउने व्यवस्था गरिएको छ । प्राधिकरणले अनलाइन प्रणालीबाट परीक्षा सञ्चालन गर्नका लागि सफ्टवेयर बनाउनेदेखि आवस्यक प्रश्नपत्र तयार पार्ने काम गरिरहेको छ ।  यसै प्रयोजनका लागि गत मंसिर ७ गते बीमा मध्यस्थकर्ता (अभिकर्ता) परीक्षा सञ्चालन सम्बन्धी निर्देशिका २०७९ जारी गरेको छ । यहि निर्देशिका अनुसार बीमा कम्पनीहरु आफैले अभिकर्ताहरुलाई परीक्षामा सहभागी गराएर लाइसेन्स दिइरहेका छन् ।

Esewa
Crest

बीमा व्यवसायको विकासको लागि समय सापेक्ष दक्ष जनशक्ति तयार गर्न बीमा ऐन २०७९ दफा ९२ को उपदफा (२) को व्यवस्था बमोजिम सञ्चालन गरिने बीमा मध्यस्थकर्ता (अभिकर्ता)को परीक्षालाई व्यवस्थित, गुणस्तरीय र नियमित बनाउन परीक्षा सम्बन्धी व्यवस्था गरेको हो ।

परीक्षा प्रणालीको विकास पछि सबैभन्दा धेरै रिलायबल लाइफ इन्स्योरेन्स कम्पनीले अभिकर्ता उत्पादन गरेको छ । हालसम्म यस्तो प्रणालीबाट कम्पनीले ५ हजार ४८७ अभिकर्तालाई परीक्षा लिएर लाइसेन्स दिएको छ ।

त्यस्तै दोस्रो धेरै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ४ हजार ३०२ अभिकर्तालाई परीक्षा लिएर लाइसेन्स दिएको छ । यस अवधिमा परीक्षा प्रणालीबाट तेस्रो धेरै अभिकर्ता उत्पादन गर्नेमा मालक्ष्मी लाइफ रहेको छ । महालक्ष्मी लाइफले ३ हजार ८८३ जना अभिकर्तालाई परीक्षा लिएर लाइसेन्स दिएको छ ।

सूर्यज्योति लाइफले २७५२ जनालाई परीक्षा लिएर अभिकर्ताको लाइसेन्स प्रदान गरेको छ । त्यस्तै अन्य कम्पनीहरु सिटिजन लाइफ २४३३ जना, एशियन लाइफ १६१० जना, नेशनल लाइफ १५१८ जना, आइएमई लाइफ १२९६ जना, सानिमा लाइफ ११३६ जना, प्रभु लाइफ १०५२ जना, यूनियन लाइफ १०३२, रिलायन्स लाइफ ९१३ जना, सन नेपाल लाइफ ९११ जना, मेट लाइफ ५९३ जना, एलआइसी ५१९ जना, प्राइम लाइफ ४०७ जना, गुराँस २०५ जना, राष्ट्रिय बीमा संस्थान ६१ जना, राष्ट्रिय बीमा कम्पनी ४४ जना, प्रभु इन्स्योरेन्स ३० जना, अजोड इन्स्योरेन्स ३ जना र हिमालयन एभरेष्टले ४ जनालाई परीक्षा लिएर अभिकर्ता लाइसेन्स दिएका छन् ।

अभिकर्ता पेशा आफैमा जटिल पेशा हो । जसले बीमितलाई पोलिसीको पुर्ण जानकारी दिएर पोलिसी बिक्री गर्दछन् । उनिहरु सँग बीमाको सैद्धान्तिकदेखि लिएर व्यवहारिक ज्ञानको आवस्यकता पर्दछ । जीवन बीमा कम्पनीहरुको हकमा पोलिसी बिक्री गर्ने सबैभन्दा प्रमुख र ठुलो च्यानल अभिकर्ता हुन् । यसरी सामान्य बीमाको ज्ञान पनि नभएका व्यक्तिले बीमा पोलिसी बिक्री गर्दा बजारमा गलत सूचना गइरहेको छ । प्राधिकरणले अहिले सञ्चालन गरेका परीक्षाका कार्यक्रमहरु खासै प्रभावकारी छैनन् । तर पद्धतीको सुरुवात भएको छ । आगामी दिनमा यहि अभ्यासलाई थप व्यवस्थित गर्दै जाने हो भने बीमा अभिकर्ताको पेशा अंगाल्ने व्यक्तिहरु पनि राम्रो पृष्ठभुमिका हुनेछन् । यो सुरुवात मात्रै हो तर सुधार गर्नु पर्ने काम धेरै बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

54%
happy

खुसी

15%
sad

दु :खी

23%
amazed

अचम्मित

0%
excited

उत्साहित

8%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS